
Lnp
Pes
Ses
Pbu
Djs
Sgr
Rgp
cjs
Unsku
pku
Ggp
Gfs
Srbpu
Rgp1

Ggd
Pvg
Bbu
Bbbpu
Sbs
nsb
Asm
Rgs
Ssm
Wsp
Rsb
Rgu
Gst
Hal
Vor
Sls
Ksm
Rgu
Tsm

bbt
Pls
Rpp
sab
Jmb
Mks
Abd
Jmb
Ptm
Bml
Rmb
Syp
Gsb
दाङ । इलाका प्रशासन कार्यालय लमही र लमही नगरपालिकाको संयुक्त पहलमा लमही क्षेत्रमा ग्यास कम्पनी तथा पेट्रोल पम्पहरुको अनुगमन गरिएको छ । पछिल्लो समय बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव बढेपछि वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको हो ।
इलाका प्रशासन कार्यालय लमहीका प्रमुख शोभाराम रिजालका अनुसार अनुगमनका क्रममा बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव देखिएको छैन । “उपभोक्ताले आधा ग्यास भए पनि निरन्तर प्राप्त गरिरहेको अवस्था छ,पेट्रोल पम्पहरूमा पनि सहज रूपमा इन्धन उपलब्ध भएको प्रत्यक्ष देखियो,” उनले बताए ।
लमही नगरपालिका ८ स्थित राप्ती ग्यास उद्योगमा पनि निरीक्षण गरेको थियो । उद्योगका प्रतिनिधिका अनुसार दैनिक २ हजार ५ सयदेखि २ हजार ८ सयसम्म ग्यास सिलिन्डर बजारमा आपूर्ति भइरहेको कम्पनीले जानकारी दिएको छ । उक्त ग्यास दाङ,बाँके,बर्दिया,कैलाली,प्युठान र अर्घाखाँचीसम्म वितरण हुने गरेको जानकारी दिइएको छ ।
त्यस्तै हाल बजारमा ७.१ किलो ग्यास सिलिन्डर उपभोक्ताले पाउने गरेका छन् । कम्पनीले प्रतिउपभोक्ता ९ सय २९ रुपैयाँ ४४ पैसामा बिक्री गर्दै आएको ग्यास डिलरमार्फत ९ सय ५५ रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ ।
त्यसैगरी लमहीका श्रीराम डिजेल,प्रतिष्ठा आयल स्टोर,हुहिभा आयल स्टोर, छम्पाली डिजल, चन्द्र विनायक सप्लायर्स र न्यु श्रेष्ठ किराना पसलमा समेत अनुगमन गरिएको थियो । हाल दाङको बजारमा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ,डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रुपैयाँमा बिक्री भइरहेको छ ।
लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपानेले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरुलाई कडा कारबाही गरिने चेतावनी दिए । साथै उपभोक्तालाई सहज रुपमा इन्धन उपलब्ध गराउन सम्बन्धित कम्पनी तथा डिलरलाई निर्देशन दिइएको छ । अनुगमन टोलीमा इलाका प्रशासन कार्यालयका प्रमुख शोभाराम रिजाल,लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपाने,वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरीक्षक डम्बर बुढाथोकी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।
