
Rgp1
Pbu
Lnp
Ggp
pku
cjs
Djs
Rgp
Ses
Srbpu
Unsku
Pes
Sgr
Gfs

Vor
Bbu
Rgu
Wsp
Asm
Rgs
Pvg
Hal
Rgu
Gst
Tsm
Ggd
Bbbpu
Rsb
Ksm
nsb
Ssm
Sbs
Sls

Pls
bbt
Abd
Ptm
Rmb
Mks
Bml
Jmb
Syp
Gsb
Jmb
Rpp
sab
दाङ । राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार सम्पन्न भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँसभा/नगरसभाको (कार्य सञ्चालन) कार्यविधि, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनले विभिन्न विधेयकहरु पारित गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, २०८२ तथा राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को आय–व्ययको संशोधित अनुमान प्रस्ताव सभामा छलफलपछि पारित गरिएको हो ।
त्यसैगरी,सभा सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले पेश गरेको राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक, २०८२ र सभा सदस्य तथा सामाजिक विकास समिति संयोजक पहलवान चौधरीले पेश गरिएको राप्ती गाउँपालिकाको दलित सशक्तीकरणसम्बन्धी व्यवस्था विधेयक, २०८२ समेत सभाबाट पारित भएका छन् ।
यस्तै,सभा सदस्य तथा सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले पेश गरेको कर्मचारीहरुको सेवा,सुविधा तथा शर्तसम्बन्धी राप्ती गाउँपालिकाको करार सेवा विधेयक, २०८२ र राप्ती गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक,२०८२ पनि छलफलपछि पारित भएका छन् ।
त्यस्तै सभामा पेश गरिएका विधेयकहरु बैठकमा विस्तृत छलफलपछि गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष प्रकाश विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए। ती विधेयकहरु सभाबाट सर्वसम्मत रुपमा पारित भएका हुन् ।
सभाको शून्य समयमा सभा सदस्यहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विविध विषयहरू उठान गर्नुका साथै सोसँग सम्बन्धित रचनात्मक सुझावहरु समेत राखेका थिए ।
सभाका अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा जनताको जीवनस्तर सुधारका लागि गाउँपालिका निरन्तर प्रयासरत रहेको बताए ।

