
Djs
Unsku
cjs
pku
Pbu
Gfs
Lnp
Ggp
Rgp1
Sgr
Srbpu
Ses
Rgp
Pes

nsb
Bbu
Rgs
Vor
Wsp
Rsb
Rgu
Tsm
Asm
Sbs
Sls
Ggd
Hal
Rgu
Gst
Ksm
Bbbpu
Pvg
Ssm

Abd
Mks
Rpp
Rmb
bbt
Jmb
Pls
Gsb
Ptm
Jmb
sab
Syp
Bml
रुकुमपश्चिम । सबइन्जिनियरको करार सेवा थप गर्न एक लाख घुस लिएको आरोपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
त्यस्तै उनले बैंक खातामै सहायक सबइन्जिनियर मोहन शाहसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पुष्टि भएको छ।
आर्थिक वर्ष ०८१–८२ मा शाहको करार सेवा थप गर्न मेयर वादीले एक लाख घुस लिएका थिए । आर्थिक वर्ष २०८२–८३ को सेवा अवधि थप गर्न पनि उनले एक लाख घुस मागेको, तर नदिएपछि शाहलाई बर्खास्त गरेको आयोगको दाबी छ ।
यस्तै अघिल्लो वर्ष एक लाख घुस दिएको पुष्टि भएपछि सबइन्जिनियर शाहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । वादी तत्कालीन माओवादी केन्द्रबाट मेयरमा विजयी भएका हुन्। नयाँपत्रीका
