
Sgr
Lnp
Rgp
Pes
Gfs
Pbu
Unsku
Rgp1
Ses
Srbpu
Ggp
pku
Djs
cjs

Bbbpu
Hal
Sbs
nsb
Asm
Sls
Pvg
Gst
Ksm
Wsp
Tsm
Ssm
Rgu
Rgu
Ggd
Rgs
Vor
Rsb
Bbu

bbt
Abd
Pls
Bml
Jmb
Rmb
Jmb
Ptm
Rpp
Mks
sab
Syp
Gsb
दाङ । देउखुरीको गढवा गाउँपालिकामा भूमिहीन कृषकलाई लक्षित गरी सात दिने मौरीपालन सम्बन्धी तालिम सुरु भएको छ ।
गढवा गाउँपालिकाको कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC)को समन्वयमा आयोजित सात दिने मौरीपालन तालिम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सुरु भएको हो । UN‑Habitat र Good Neighbours International Nepal को आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिम सोमबारदेखि सुरु भएको हो । तालिममा गढवा गाउँपालिका र राप्ती गाउँपालिका का गरी ५० जना भूमिहीन महिला तथा पुरुष कृषक सहभागी छन्।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ले भूमिहीन कृषकलाई आयआर्जनसँग जोड्ने उद्देश्यले मौरीपालन तालिम आयोजना गरिएको बताए । उनले गाउँपालिकाले सामुदायिक आत्मनिर्भर सेवा केन्द्र लगायत विभिन्न संघसंस्थासँग सहकार्य गर्दै कृषकलाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
अध्यक्ष पोख्रेलका अनुसार गढवा क्षेत्रमा मौरीपालन व्यवसाय अझै प्रारम्भिक अवस्थामा रहेकाले यस क्षेत्रमा राम्रो सम्भावना रहेको छ । तालिमबाट सहभागीहरुले मौरीको पहिचान, पालन-पोषण,घार व्यवस्थापन,मह सङ्कलन तथा बजारीकरणसम्बन्धी ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गढवा गाउँपालिका संग भूमी लगायतका कार्यमा नियमित सहकार्य गर्दै आएको भन्दै तारिफ गरे ।
कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्षलेख बहादुर थापाले सीप र प्रविधिविना व्यवसायिक मौरीपालन सम्भव नहुने उल्लेख गर्दै कृषकको आवश्यकता अनुसार तालिम आयोजना गरिएको बताए । वडाध्यक्ष थापाले तालिमबाट भूमिहीन कृषकले मौरीपालन व्यवसायमार्फत राम्रो आम्दानी गर्न सक्ने विश्वास व्यक्त गरे । तालिमका प्रशिक्षक तथा मौरी विज्ञ रुद्रमणी पौडेलले तालिममा मौरीपालनका सैद्धान्तिक विषयसँगै बढी प्रयोगात्मक अभ्यास गराइने बताए । सहभागीलाई मौरी पालन,घार सार्ने तरिका,मह सङ्कलन तथा विषादीबाट मौरीलाई जोगाउने उपायबारे प्रशिक्षण दिइने उनले जानकारी दिए ।
तालिममा गढवा गाउँपालिका वडा नम्बर ५ को ठूलीचौर भूमि अधिकार मञ्चका २४ जना, डाँडागाउँ भूमि अधिकार कृषक समूहका १५ जना तथा राप्ती गाउँपालिका कालापानी भूमि अधिकार कृषक समूहका ११ जना गरी ५० जना सहभागी छन् । तालिम चैत २ गतेदेखि ८ गतेसम्म गढवा उद्योग वाणिज्य संघ को सभाहलमा सञ्चालन हुनेछ ।
गढवा गाउँपालिका अध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कृषि प्राविधिक फूलनदेवी चौधरी,सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी जलवायु मैत्री कृषि संयोजक निलम त्रिपाठी लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण कृषि प्राविधिक सागर शर्माले गरेका थिए ।

