
pku
Unsku
Djs
Pbu
Ses
Pes
Rgp1
Rgp
cjs
Srbpu
Sgr
Lnp
Ggp
Gfs

Ssm
Asm
Rsb
Gst
Wsp
Rgs
Vor
Bbu
nsb
Sbs
Tsm
Rgu
Bbbpu
Ggd
Hal
Ksm
Pvg
Sls
Rgu

Abd
Ptm
Rpp
Mks
Gsb
Rmb
Jmb
Pls
sab
Bml
Jmb
Syp
bbt
दाङ । गढवा गाउँपालिकाको समन्वय तथा सहजीकरणमा सञ्चालन भइरहेको स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPASS) सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा पहिलो दिनको सत्रमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPASS) सम्बन्धी विषयमा प्रशिक्षण दिए ।
दोस्रो सत्रमा गढवा गाउँपालिकाका योजना शाखा प्रमुख रेशमलाल शर्माले सामाजिक विकास क्षेत्र तथा उपक्षेत्रका विषयमा प्रशिक्षण दिए भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले आर्थिक विकास क्षेत्रबारे बुँदागत रूपमा जानकारी गराए ।
कार्यक्रमको दोस्रो दिन वरिष्ठ लेखा अधिकृत शिवलाल ओलीले आर्थिक विकास क्षेत्र सम्बन्धी विषयमा सहजीकरण गर्ने तथा प्रमुख प्रशासकीय अधिकृत पौड्यालले पूर्वाधार विकास क्षेत्र तथा उपक्षेत्रका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । त्यसैगरी योजना शाखा प्रमुख रेशमलाल शर्माले वन,वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी विषयमा जानकारी गराउने कार्यक्रम तय गरिएको छ । तेस्रो दिन सूचना तथा प्रविधि शाखा प्रमुख सञ्जित पौडेलले (LGPASS) प्रणाली सम्बन्धी प्रयोगात्मक अभ्यास गराउने कार्यक्रम रहेको जनाइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न समयमै आवश्यक क्रियाशीलता देखाउनुपर्ने बताए ।
त्
यसैगरी उपाध्यक्ष शारदाकुमारी चौधरीले गाउँपालिकाले विभिन्न क्षेत्रमा राम्रो काम गरे पनि वेबसाइटमा आवश्यक विवरण प्रविष्ट गर्ने प्रक्रिया पूरा नगर्दा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनमा अपेक्षित उपलब्धि हांसिल हुन नसकेको उल्लेख गर्दै सम्बन्धित सबै शाखालाई सुधारका लागि सक्रिय हुन निर्देशन दिए ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वरिष्ठ लेखा अधिकृत,विभिन्न शाखाका प्रमुख, वडा सचिव तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख रेशमलाल शर्माले गरेका थिए ।

