
Ggp
Srbpu
Gfs
Pes
Rgp
Rgp1
cjs
Djs
Sgr
pku
Lnp
Ses
Pbu
Unsku

Gst
Asm
Vor
Rgu
Bbu
Sls
Sbs
nsb
Bbbpu
Rsb
Hal
Rgs
Rgu
Wsp
Ksm
Tsm
Pvg
Ssm
Ggd

Bml
Rmb
Jmb
Pls
Jmb
Gsb
Abd
Syp
bbt
sab
Rpp
Mks
Ptm
दाङ । राप्ती गाउँपालिका स्थापना दिवसका अवसरमा आयोजित प्रथम खुला पुरुष तथा महिला क्रस कन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएका छन् ।
शुक्रबार सम्पन्न भएको प्रतियोगितामा अर्जुन बुढाले २५ मिनेट ४४ दशमलव ७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । जुम्लाका चन्द्र रावत ३४ मिनेट ४१ दशमलव ६ सेकेन्डका साथ दोस्रो तथा जुम्लाकै युवराज बुढा ३६ मिनेट ५१ दशमलव ९ सेकेन्डमा तेस्रो स्थानमा रहे । त्यस्तै तुलसीपुरका विशाल कुमार महत ४० मिनेट ०४ दशमलव २ सेकेन्डमा चौथो,गोरखाका सञ्जय श्रेष्ठ ४१ मिनेट १७ दशमलव ३ सेकेन्डमा पाँचौँ र दार्चुलाका अक्कल पाल ४१ मिनेट १७ दशमलव ५ सेकेन्डमा छैटौँ स्थानमा रहे ।
महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपानेले ४८ मिनेट ०३ दशमलव ०१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । कर्णालीकी कल्पना बुढा ५० मिनेट ३९ दशमलव ०३ सेकेन्डमा दोस्रो तथा जुम्लाकी सन्देवा बुढा ५२ मिनेट २४ दशमलव २ सेकेन्डका साथ तेस्रो स्थानमा रहे । यसैगरी जुम्लाकी सुन्तली पाण्डे ५८ मिनेट १८ दशमलव १ सेकेन्डमा चौथो,सुदूरपश्चिमकी सरस्वती भट्टराई ५८ मिनेट ०६ दशमलव ४ सेकेन्डमा पाँचौँ र जुम्लाकी अन्तिमा बुढा ५९ मिनेट २१ दशमलव ६ सेकेन्डमा छैटौँ स्थानमा रहे ।
त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए ।
