
Rgp1
Sgr
Ggp
Pes
Unsku
cjs
Djs
Rgp
Pbu
pku
Lnp
Srbpu
Gfs
Ses

Sls
Rgu
Hal
Ksm
Pvg
Wsp
Rgu
Sbs
Vor
Ssm
Bbu
Bbbpu
nsb
Tsm
Rsb
Gst
Ggd
Asm
Rgs

Bml
Rmb
Abd
sab
bbt
Ptm
Gsb
Jmb
Jmb
Mks
Syp
Pls
Rpp
काठमाडौँ । पश्चिमी वायु मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेख अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ ।
यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ। विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
त्यस्तै मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी र गोरखाको बारपाकमा बढी वर्षा भएको छ। चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गरिन्छ । अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ ।
यस्तै विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ । यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।देशसञ्चार
