
Sgr
Ggp
Ses
cjs
Lnp
Rgp
Pbu
Unsku
pku
Gfs
Rgp1
Srbpu
Djs
Pes

Ggd
Ksm
Sbs
Rsb
Bbbpu
Hal
Rgu
Bbu
Wsp
Ssm
Vor
Rgu
Asm
Rgs
Gst
Pvg
Sls
nsb
Tsm

Pls
sab
Jmb
Rmb
Gsb
Jmb
Rpp
Syp
Bml
Ptm
bbt
Mks
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा सम्भावित विपद जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीलाई तीव्र बनाउने निर्णय गरिएको छ ।
गाउँपालिका स्तरीय स्थानीय विपद व्यवस्थापन समितिको बैठकले सुख्खा मौसम सुरु भएसँगै विभिन्न प्रकारका विपद घटनाको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको हो ।
मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा गाउँपालिकाको कार्यालय मसुरीयामा सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठकले विशेष गरी आगलागी,वन डढेलो तथा बाढीजन्य जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकले राप्ती गाउँपालिका वडा नम्बर ४,५,६ र ८ मा रहेको दोलाई खोलाको बहाव क्षेत्रमा माटो,ग्रेवल,भस्कट तथा गेगर थुप्रिएर वर्षायाममा बस्तीमा बाढी पस्ने जोखिम बढेको निष्कर्ष निकालेको छ । सो जोखिम न्यूनीकरणका लागि खोलाको बहाव क्षेत्रमा थुप्रिएको माटो तथा ढुंगा हटाउन आवश्यक अनुमतिका लागि जिल्ला विपद व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत विपद व्यवस्थापन सामग्री खरिद गर्ने निर्णय पनि गरिएको छ । गाउँपालिकाले त्रिपाल,बल्याङ्केट,ठूलो डोरी तथा हँसिया लगायतका सामग्री खरिद गर्ने जनाएको छ,जसले विपद प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ । सुख्खा मौसम सुरु भएसँगै वन डढेलोको जोखिम बढ्ने भएकाले सामुदायिक वनका अध्यक्ष तथा टोल विकास संस्थाका अध्यक्षलाई सचेतनामूलक सन्देश पठाउने निर्णय पनि बैठकले गरेको छ । सो कार्यका लागि समृद्धिका लागि वन परियोजनाका कर्मचारी विपिन भुसाललाई जिम्मेवारी दिइएको छ ।
यस्तै आगलागीका घटना नियन्त्रण गर्न गाउँपालिकाले सञ्चालन गर्दै आएको मिनिदमकल आवश्यक परेको स्थानमा तत्काल परिचालन गरिने र त्यसका लागि सवारी चालक ओम बहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ । गाउँपालिकाले विपद व्यवस्थापनमा समुदाय, स्थानीय निकाय र सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै पूर्वतयारीलाई अझ प्रभावकारी बनाउने जनाएको छ । बैठकमा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी,प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक,विभिन्न राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,गाउँपालिकाका कर्मचारी तथा सञ्चारकर्मी र सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियोे ।
