
Srbpu
Rgp
pku
Pbu
Gfs
Pes
Djs
cjs
Sgr
Ggp
Lnp
Unsku
Ses
Rgp1

Bbbpu
Ksm
Sbs
nsb
Pvg
Ssm
Rsb
Rgs
Wsp
Hal
Tsm
Vor
Rgu
Asm
Bbu
Gst
Ggd
Sls
Rgu

Abd
Bml
Syp
Ptm
Rpp
Gsb
bbt
Mks
Rmb
Jmb
Jmb
sab
Pls
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिलाको अधिकार,समानता र सशक्तिकरण सुनिश्चित गर्न राज्य, समाज र सरोकारवाला सबै पक्षले अझ सक्रिय र संवेदनशील भएर काम गर्नुपर्ने बताएका छन् ।
११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले महिलाको हक,अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका हुन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मी तथा महिलाको अधिकारका लागि विभिन्न क्षेत्रमा क्रियाशील सबैलाई सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले महिला अधिकार,लैङ्गिक समानता तथा सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेर विभिन्न नीतिगत तथा संस्थागत पहल अघि बढाइरहेको छ । प्रदेश सरकारले लैङ्गिकमैत्री नीति निर्माण,महिलामैत्री कार्यक्रम सञ्चालन तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न विशेष प्रयास गरिरहेको उनको भनाइ छ ।
महिला अधिकार तथा लैङ्गिक समानताको प्रवद्र्धन र महिलाको सशक्तिकरणका उद्देश्यका साथ प्रत्येक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा विश्वभर मनाइँदै आएको छ । महिलाहरूले सामाजिक,आर्थिक,राजनीतिक, शैक्षिक तथा वैज्ञानिक क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको सम्मान गर्दै उनीहरुको क्षमता अभिवृद्धि,प्रविधिमा पहुँच विस्तार,लैङ्गिक विभेद तथा हिंसाको अन्त्य र समान अवसर सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको हो । यस वर्ष ‘सबै महिला र बालिकाका लागि अधिकार,न्याय र कार्यसहितको अवसर’ भन्ने नाराका साथ महिला दिवस मनाउन लागिएको छ ।
