
Lks
Dbs
Rgp
Dus
Rgp
Ggp
Rgp
ksb
Usb
Asb
Sgp
Jns
Lnp
lnp
Ggp
Rgp


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनका लागि नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई दिएका छन् ।
त्यस्तै उनले सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै नेपाली दिदीबहिनी र दाजुभाइले यति जीवन्त रुपमा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेको देख्दा निकै खुसी लागेको उल्लेख गरेका छन् । यस ऐतिहासिक उपलब्धिलाई उनले नेपालको लोकतान्त्रिक यात्राको एक गौरवपूर्ण क्षणको रूपमा चित्रण गरेका छन् । छिमेकी मुलुकको हैसियतमा भारत नेपालको विकास र स्थिरताको पक्षमा रहेको सन्देश समेत मोदीले दिएका छन् ।
यस्तै उनले एक नजिकको साथी र छिमेकीका नाताले भारत नेपालका जनता र यहाँ बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न सधैं प्रतिबद्ध रहेको बताएका छन् । निर्वाचनपछिको नयाँ कार्यकालमा दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउँदै साझा शान्ति, प्रगति र समृद्धिका लागि नयाँ उचाइ चुम्ने विश्वास उनले व्यक्त गरेका छन् ।
नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लाग्दा भारतीय प्रधानमन्त्रीको यो सन्देशलाई कुटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। मोदीले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको पूर्ण समर्थन रहने र आगामी दिनमा दुई देशबीचको सहकार्य अझै प्रगाढ हुने संकेत दिएका छन् । भारतले नेपालको आर्थिक र सामाजिक विकासका हरेक कदममा साथ दिने प्रतिबद्धतालाई मोदीले फेरि एकपटक दोहोर्याएका छन् ।
