
Unsku
Ses
Gfs
Srbpu
Ggp
Lnp
Djs
Sgr
Rgp1
Rgp
Pes
cjs
pku
Pbu

Rgu
Rsb
Wsp
Hal
Tsm
Bbu
Ggd
Bbbpu
Ksm
Sbs
Rgu
Asm
Vor
Sls
Ssm
Gst
nsb
Pvg
Rgs

Mks
Bml
Jmb
Jmb
Abd
Pls
Rpp
Rmb
Gsb
bbt
sab
Ptm
Syp
इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ पाण्डम सुन्दरपानीमा शुक्रबार बिहान भीषण आगलागी भएको छ ।
बिहान करिब ११ बजे स्थानीय पासाङ लामाको भान्छा घरबाट अचानक सल्किएको आगोले छिमेकी प्रेम लामाको घरमा समेत क्षति पुर्याएको हो।
आगलागीबाट पासाङ लामाको भान्छासहित दुईवटा घर र प्रेम लामाको पनि भान्छासहित दुईवटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी फिक्कलबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
फिक्कलबाट करिब ५ किलोमिटर पूर्व-उत्तरमा रहेको उक्त बस्तीमा लागेको आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरू सक्रियताका साथ लागिपरेका छन्। लामो समयको प्रयासपछि आगो नियन्त्रणमा लिने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। यद्यपि, घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा र अन्य जिन्सी सामानहरू जलेकाले ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ। क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ।रातोपाटी
