
Djs
pku
Lnp
Unsku
Pes
Srbpu
Rgp1
Gfs
Ggp
Rgp
cjs
Pbu
Sgr
Ses

Rgu
Sls
Rgu
Asm
Hal
Tsm
Pvg
nsb
Ksm
Rsb
Bbbpu
Gst
Sbs
Ggd
Ssm
Bbu
Rgs
Wsp
Vor

Rmb
Abd
sab
Rpp
Ptm
bbt
Jmb
Pls
Bml
Gsb
Syp
Jmb
Mks
काठमाडौं । लामो बिदाका कारण बजारमा इन्धन अभाव हुन सक्ने जोखिमलाई कम गर्न कार्यालय खोल्ने निगमको निर्णय, उपत्यकामा मात्रै आइतबार १६ लाख ५० हजार र सोमबार १३ लाख ३९ हजार लिटर वितरण आयल निगमले निर्वाचन र त्यसपछिको सार्वजनिक बिदाको समयमा देशभरका इन्धन डिपो खोलेर पेट्रोलियम पदार्थ वितरण गर्ने जनाएको छ ।
निगम प्रवक्ता मनोज ठाकुरका अनुसार कोशी प्रादेशिक कार्यालय,विराटनगर २२ र २४ गते खोलेर इन्धन वितरण गरिने भएको छ । त्यस्तै, मधेश प्रादेशिक कार्यालय,अमलेखगन्जमा मंगलबार बिदा परे पनि इन्धन वितरण गरेको र बुधबार तथा आउँदो शनिबार पनि डिपो खोलेर इन्धन वितरण गरिने ठाकुरले जानकारी दिए । बागमती प्रादेशिक कार्यालय, थानकोटबाट भने निर्वाचनको दिनबाहेक अन्य समयमा सेवा दिइने निगमले जनाएको छ ।
त्यस्तै गण्डकी प्रादेशिक कार्यालय, पोखरा २०, २३ र २४ फागुनमा खोलेर इन्धन वितरण गर्ने ठाकुरले जानकारी दिए । लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा २० र २३ फागुन, नेपालगन्ज इन्धन डिपो २० र २२ फागुन, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय २० फागुन, धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय २० र २२ फागुन, झापाको चारआलीस्थित शाखा कार्यालय २२ र २४ फागुन तथा वीरगन्जस्थित शाखा कार्यालय २०, २२, २३ र २४ फागुनमा इन्धन बिक्रीका लागि खुला हुने निगमले जनाएको छ ।
लामो बिदाका कारण बजारमा इन्धन अभाव हुन सक्ने जोखिमलाई कम गर्न कार्यालय खोल्ने निर्णय भएको ठाकुरले बताए । ‘उपभोक्तालाई इन्धन पाउन सहज होस् भनेर सार्वजनिक बिदाको दिन पनि कर्यालय खोल्ने निर्णय भएको हो,’ उनले भने । उपत्यकाको माग धान्न तीन गुणा पेट्रोल वितरण काठमाडौं उपत्यकामा रहेका पेट्रोलपम्पमा सर्वसाधारणको लाइन बाक्लिन थालेपछि सामान्य अवस्थाको तुलनामा तीन गुणाभन्दा बढी पेट्रोल वितरण गरिएको छ । मंगलबार निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट डिपोले १५ लाख ७५ हजार लिटर पेट्रोल वितरण गरेको जनाएको छ । सामान्य अवस्थामा उपत्यकामा दैनिक ६ लाख लिटर पेट्रोल खपत हुने गरेको छ ।
त्यस्तै निगमको थानकोट डिपो प्रमुख जगदीश यादवले मंगलबार बिहानै डिपो खोलेर पेट्रोल, डिजेल वितरण गरेको जानकारी दिए । ‘मंगलबार १६ लाख ७५ हजार लिटर पेट्रोलको माग थियो,’ उनले भने, ‘मागअनुसार नै इन्धन वितरण भएको छ ।’ त्यस्तै, डिजेल पनि एक लाख ९४ हजार लिटर वितरण गरेको उनले बताए । अरू वेला डिजेलको दैनिक औसत खपत सात लाख लिटर हो । चुनावी चहलपहल र उपत्यकाबाट बाहिरिने सवारीसाधनका कारण खपत बढेको डिपो प्रमुख यादवको बुझाइ छ ।
यस्तै मंगलबार दिउँसो काठमाडौंबाट कुलेखानी हुँदै बाहिरिने नाका क्षेत्रका पम्पमा लाइन लागेको थियो । त्यस्तै, बिपी र अरनिको राजमार्ग हुँदै बाहिरिने भक्तपुर र बनेपाका पम्पमा पनि उपभोक्ताको लाइन रहेको थियो । काठमाडौंको साझा सहकारी,आर्मी र प्रहरीका पम्पमा समेत लाइन बाक्लिएको थियो । बढ्दो माग धान्न आयल निगमले तीन दिनयता ठुलो परिमाणमा पेट्रोल वितरण गरिरहेको छ । निगमले आइतबार उपत्यकामा १६ लाख ५० हजार र सोमबार १३ लाख ३९ हजार लिटर वितरण गरेको जनाएको छ । जुन सामान्य अवस्थाको मागको तुलनामा दोब्बर बढी हो ।नयाँपत्रीका
