
Unsku
Srbpu
Rgp
Sgr
Lnp
Ses
pku
Djs
Pes
Gfs
Ggp
cjs
Rgp1
Pbu

Ssm
Rgs
Bbbpu
Wsp
Hal
Asm
Pvg
Sls
Ggd
nsb
Vor
Tsm
Rgu
Gst
Ksm
Sbs
Rgu
Rsb
Bbu

Abd
Syp
Mks
Jmb
sab
Bml
Rpp
Gsb
Rmb
Ptm
Jmb
Pls
bbt
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत,सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले जानकारी दिए ।
सर्वोच्च अदालत जलाएको अभियोगमा सुनिल श्रेष्ठ,ज्याति थापा, विनोदकुमार थापा मगर,कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ । श्रेष्ठ,थापा,मगर,पराजुलीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँमा बराबरको क्षति पुर्याएको अभियोग पत्रमा उल्लेख छ ।
त्यस्तै सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । प्रहरी वृत्त बौद्ध जनाएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा चलाइएको छ । प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलाइएको छ ।
यस्तै सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो । सर्वोच्च प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेर उनीहरूविरुद्ध मुद्दा चलाइएको हो।
