
pku
cjs
Pes
Pbu
Rgp
Ggp
Sgr
Unsku
Srbpu
Gfs
Lnp
Ses
Rgp1
Djs

Rgu
Bbbpu
Rgu
Tsm
Pvg
Sbs
Hal
Rgs
Bbu
Ksm
nsb
Ssm
Ggd
Rsb
Asm
Sls
Gst
Wsp
Vor

Rpp
Syp
Rmb
Gsb
Pls
sab
Ptm
Jmb
Jmb
bbt
Mks
Bml
Abd
दाङ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामाग्रीहरु धमाधम बुझाइएको छ ।
मतपत्र,मत पेटिकासहित ५१ प्रकारकार सामाग्रीहरू मतदान अधिकृतहरूले बुझेका छन् । निर्वाचान सामाग्री बुझेका मतदान अधिकृत तथा निर्वाचन कर्मचारीहरू मतदान केन्द्रमा खटिन थालेका छन् । मतदान स्थल र मतदान केन्द्र व्यवस्थापनसँग जोडिएका सामाग्रीसहित मतपत्र, मत पेटिका,स्वस्तिक छापगरी ५१ प्रकारका सामाग्री बुझाइएको हो ।
त्यस्तै सुरक्षाकर्मीसहित निर्वाचन सामाग्री मतदान अधिकृतहरू कार्यस्थलमा खटिन थालेका हुन् । दाङ क्षेत्र नं. १ मा ५४ वटा मतदान स्थल र एक सय ५८ वटा मतदान केन्द्र छन् । घोराही उपमहानगरपालिकाका ४ वटा वडा र लमही नगरपालिका,राप्ती गाउँपालिका,राजपुर गाउँपालिका, गढवा गाउँपालिकाका सबै वडागरी ३७ वटा वडाका एक लाख ४० हजार एक मतदाता छन् । अहिले निर्वाचन सामाग्री बुझेर कर्मचारीहरू मतदान स्थलमा उत्साहपूर्वक खटिएका हुन् । ‘आजबाट सामाग्री बुझेर मतदान केन्द्रमा खटिन थाल्यौँ’ मतदान अधिकृत टोलकराज चापागाईले भने,‘उत्साहपूर्ण सहभागीता जरुरी छ ।’
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्र व्यवस्थापन, कर्मचारी परिचालन, सुरक्षा समन्वय तथा आवश्यक सामाग्री ढुवानी कार्य अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुलाई जिम्मेवारी अनुसार निर्देशन दिइएको छ । मतदान केन्द्रमा आवश्यक भौतिक पूर्वाधार, गोपनीयता सुनिश्चित गर्ने व्यवस्था, मतपेटिका सुरक्षा तथा मतगणना प्रक्रियासम्मका सम्पूर्ण पक्षमा स्पष्ट कार्ययोजना बनाइएको छ । मतदानसँग जोडिएका सबै तयारी पूरा गरिएको सहायक निर्वाचन अधिकृत लक्षमण भण्डारीले जानकारी दिए ।
यस्तै ‘निर्वाचनसँग जोडिएका सबैतयारी पूरा भएका छन्,’ उनले भने,‘मतदान केन्द्रमा सामाग्री पुर्याउने काम भएको छ ।’ राजनीतिक दल तथा उम्मेदवारहरुले आ-आफ्नो अभियानलाई तीव्रता दिएका छन् भने प्रशासनिक संयन्त्रले निर्वाचनलाई सफल बनाउन आवश्यक तयारीलाई पूर्णता दिएको हो । देशसञ्चार
