
Rgp1
Sgr
Rgp
Pes
pku
Srbpu
cjs
Lnp
Gfs
Ses
Djs
Unsku
Pbu
Ggp

Sbs
Wsp
Rgu
Tsm
Pvg
nsb
Ggd
Hal
Gst
Asm
Ksm
Rgu
Sls
Rsb
Ssm
Vor
Bbu
Rgs
Bbbpu

Abd
Pls
sab
Rmb
Ptm
Bml
Rpp
bbt
Jmb
Syp
Jmb
Gsb
Mks
धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी कारबाही गर्ने बताएका छन् ।
चुनावी सुरक्षा अवस्था बुझ्न सुदूरपश्चिम पुगेका गृहमन्त्री अर्यालले बझाङमा सञ्चारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । ‘विगतमा यहाँ फर्जी मत हाल्ने, बुथ कब्जा गर्ने लगायतका निर्वाचन विरोधी गतिविधि भएका उदाहरण छन्,’ उनले भने, ‘यसपटक त्यस्ता गतिविधि रोकथाम गर्छौं ।
त्यस्तै रोकथाम गर्दागर्दै पनि निर्वाचन विरोधी काम भए कानुनी कारबाही हुन्छ । गृहमन्त्री अर्यालले निर्वाचन विरोधी गतिविधिमा संग्लनता देखिए आम नागरिक, राष्ट्र सेवक कर्मचारी वा दलका नेता कार्यकर्ता जोसुकै भए पनि पक्राउ गरेर मुद्दा चलाउने बताए ।
यस्तै गृहमन्त्री अर्यालले सुदूरपश्चिमका अछाम, बाजुरा,बझाङ र कैलाली जिल्ला पुगेर निर्वाचनको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । सो क्रममा उनले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै निर्वाचन तयारी,सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनका विषयमा निर्देशन पनि दिएका छन् ।दिनेशखबर
