
Pbu
Mbdvs
mbd
Sds
Rbs
Gisld

nsb
Sls
Asm
Ssm
Rgu
Hal
Tsm
Bbbpu
Sbs
Vor
Ggd
Rgs
Bbu
Rgu
Gst
Pvg
Wsp
Rsb
Ksm

Ptm
Syp
Bml
Gsb
Mks
Rmb
Abd
Jmb
sab
Jmb
Pls
bbt
Rpp
दाङ । लमही नगरपालिकाको आयोजनामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेविज विरुद्ध निःशुल्क खोप शिविर शुक्रबारदेखि लमहीमा सुरु भएको छ ।
नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरहरूको वैज्ञानिक व्यवस्थापन गर्दै रेविजजस्ता प्राणघातक रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन करिब ७० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको पशु शाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिए ।
शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी योगीले सामुदायिक कुकुरहरुको दीर्घकालीन र वैज्ञानिक व्यवस्थापन आजको आवश्यकता रहेको बताउँदै जनस्वास्थ्य सुरक्षाका लागि यस्ता अभियान प्रभावकारी हुने उल्लेख गरिन् । उनले नगरवासी,सरोकारवाला निकाय तथा अभियन्ताहरुलाई समन्वय र सहयोगका लागि आग्रह गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरपालिकाले जनस्वास्थ्य र पशु कल्याणलाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाएको बताए । उनका अनुसार किसानहरूको मागलाई मध्यनजर गर्दै कृत्रिम गर्भाधान कार्यक्रमसमेत सञ्चालन गरिनेछ । “लमही नगर निर्माण महाअभियान” नारालाई सार्थक बनाउन सरसफाई र व्यवस्थित पशु व्यवस्थापनमा विशेष जोड दिइएको उनले स्पष्ट पारे ।
पत्रकार दशरथ घिमिरेले सचेतनामूलक कार्यक्रममार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह भई व्यवहार परिवर्तनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै डा. सन्दीप भट्टराईले रेविज रोगको जोखिम,लक्षण तथा रोकथामका उपायबारे जानकारी गराउँदै नियमित खोप र बन्ध्याकरण अभियानले दीर्घकालीन रूपमा समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
कार्यक्रमको सञ्चालन पशु शाखा अधिकृत शिवराज न्यौपानेले गरेका थिए । शिविर अवधिभर सामुदायिक कुकुरहरुको निःशुल्क बन्ध्याकरण तथा रेविज विरुद्ध खोप सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा नामक संस्थाले बन्ध्याकरण शिविरमा प्राविधिक सहयोग गरिरहेको छ ।
