
Rgp
Usb
lnp
Rgp
Asb
ksb
Ggp
Lnp
Ggp
Sgp
Dus
Lks
Dbs
Rgp
Rgp
Jns


दाङ । देउखुरीको लमहीमा आज र्याली र लोकगीत प्रतियोगिता कार्यक्रम गरी १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
लमही नगरपालिका नगरकार्यपालिकाको आयोजनामा र्याली र लोकगीत प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको हो । उपप्रमुख देबका बेल्बासेको अध्यक्ष्यता तथा लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतमको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
त्यस्तै ३४ वटा बढी समुहको सहभागी रहेको र्यालीमा मनकामना महिला बचत तथा ऋण सहकारी लमही पहिलो,लमही ५ कै नारायणी महिला कृषि सहकारी संस्था दोस्रो र लमही कै गोरखा मोडेल स्कुलले तेस्रो स्थान हासिल गरेका थिए । यस्तै लोकगित प्रतियोगितामा ५ समूह र ब्याक्तिले भाग लिएका थिए । जसमा मनकामना महिला बिकास बचत तथा ऋण सहकारी संस्थाकी जानका पाण्डेय पहिलो,लमही १ को निलकमल सामाजिक उद्यमी महिला संस्था दोस्रो र शारदा भण्डारीले तेस्रो स्थान हासिल गर्नु भएको थियो ।
र्याली तथा लोकगीत प्रतियोगितामा बिजेताहरुलाई क्रमश ४ हजार, ३ हजार र २ हजार मध्य करकट्टी गरेर आएको रकम पुरस्कार स्वरुप दिइएको थियो । कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसी,लमही नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसी,मनकामना महिला बिकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बसन्ता खनाल,अखिल नेपाल महिला संघकी सुसिला शर्मा,भवानी अधिकारी,विद्यार्थीहरु विशाल अधिकारी,सलिना पाण्डेय,महिला मानव रक्षक सञ्जालकी चुमा आचार्य पतञ्जली योग समितिकी सन्तोषी मन्त्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले महिला–महिला बिचमा विभेद गरिनु नहुने भन्दै त्यसले कसैलाई पनि राम्रो नगर्ने भनाई राखेका थिए । लमहीमा नेकपा ओली समूह,नेपाली काग्रेस,राजमो,खेमाकाले लमहीको सार्वजनिक बगैचामा भब्य कार्यक्रम आयोजना गरेका थिए भने अर्को प्रचण्ड माधव नेपाल समुहका महिलाहरु सो कार्यक्रम बहिष्कार गरेका थिए् । महिला बालबालिका तथा समाज कल्याण शाखाकी कार्यालय प्रमुख हस्तकुमारी बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लमही नगरपालिका योजना अधिकृतक तेजा गैरेले गर्नु भएको थियो ।
