
Pes
Djs
pku
Ggp
Srbpu
Pbu
Ses
Sgr
cjs
Lnp
Unsku
Rgp
Rgp1
Gfs

Bbbpu
Bbu
Ggd
Pvg
Sls
Sbs
Wsp
Tsm
Asm
Ksm
Rgs
Vor
Rgu
Rsb
Ssm
Rgu
Hal
nsb
Gst

Rpp
bbt
Jmb
Jmb
sab
Bml
Abd
Ptm
Mks
Gsb
Syp
Pls
Rmb
काठमाडौं । धादिङमा मध्यराति भएको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएका छन् ।
राति करिब साढे १ बजे धादिङ,बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।
त्यस्तै उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो । मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै छ । राति भएकाले उद्धारमा कठिनाइ भएकाे प्रहरीहरुले बताएका छन् ।
यस्तै घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।
