
Rgp
Ggp
Ses
Pbu
Unsku
Djs
pku
Sgr
Gfs
Rgp1
Srbpu
Lnp
Pes
cjs

Rgu
Bbbpu
Pvg
Asm
Ssm
nsb
Sls
Gst
Wsp
Rsb
Tsm
Bbu
Hal
Sbs
Rgs
Rgu
Vor
Ggd
Ksm

Rpp
Abd
sab
Jmb
Bml
bbt
Ptm
Mks
Rmb
Gsb
Syp
Jmb
Pls
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा दलित अधिकार सम्बन्धी ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सभामा दलित अधिकारसम्बन्धी विधेयक प्रस्तुत भइसकेको जानकारी दिए । उनका अनुसार सदनले विधेयकलाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइसकेको छ र आगामी बैठकबाट टुंगो लगाउने गरी प्रक्रिया अघि बढाइएको छ ।
‘दलित अधिकारसम्बन्धी ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो ऐन जारी भएपछि कार्यान्वयनमा आउनेछ,’मुख्यमन्त्री आचार्यले भने–‘दलित समुदायको अधिकार कार्यान्वयनका लागि यो ऐन महत्वपूर्ण हुनेछ ।’आयोगका अध्यक्ष विश्वकर्माले प्रदेश सरकारले दलित अधिकार सम्बन्धी ऐन ल्याउने प्रक्रिया अघि बढाएकोमा खुसी व्यक्त गरे । उनले समग्र दलित समुदायको उत्थान,विकास र न्याय सुनिश्चित गर्न उक्त ऐन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
त्यस्तै भेटका क्रममा अध्यक्ष विश्वकर्माले मुख्यमन्त्री आचार्यलाई राष्ट्रिय दलित आयोगले तयार पारेको रणनीतिक योजना तथा पाँचौं वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
