
cjs
Djs
Pes
Lnp
Srbpu
Ses
Rgp
Sgr
Pbu
Ggp
Gfs
Unsku
pku
Rgp1

Rsb
Sls
Pvg
Vor
Ksm
Gst
nsb
Hal
Rgs
Bbbpu
Asm
Bbu
Rgu
Sbs
Wsp
Ssm
Ggd
Tsm
Rgu

Rpp
Bml
bbt
Syp
Mks
Pls
Gsb
sab
Abd
Jmb
Ptm
Rmb
Jmb
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शान्ति,स्थिरता र विकासको पक्षमा देशलाई सही दिशामा अघि बढाउन हरेक नागरिक दृढतापूर्वक उभिन आवश्यक रहेको बताएका छन् ।
अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान राष्ट्रिय परिस्थितिमा सुझबुझपूर्ण निर्णय र जिम्मेवारीबोध अपरिहार्य रहेको उल्लेख गरे ।‘मुलुकको परिस्थिति यहाँहरूले राम्रोसँग नियालेका छन् । सुझबुझपूर्ण निर्णय र जिम्मेवारीको खाँचो छ,’उनले भने,‘जिल्लाको मात्रै होइन, समग्र लुम्बिनी प्रदेशको विकासका लागि हरेक नागरिकको जिम्मेवारपूर्ण भूमिका आवश्यक छ ।’
उनले ‘हाम्रो प्यारो अर्घाखाँची, हाम्रो जन्मभूमि’ भन्ने नारालाई व्यवहारमा उतार्न आग्रह गर्दै जन्मभूमिको विकास र समृद्धिका लागि सबैको योगदान जरुरी रहेको बताए । अहिले गाउँसम्म विकासका पूर्वाधार पुगे पनि बसाइँसराइका कारण गाउँ खाली बन्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।‘गाउँमा विकास पुगेको छ । तर, घरहरुमा ताला लाग्न थालेका छन् । विद्यालय छन् । तर, विद्यार्थी घट्दैछन् । स्वास्थ्य चौकी पुगेको छ । बाटो पुगेको छ । तर, बसाइँसराइले गाउँ चपेटामा परेको छ,’ उनले भने,‘गाउँको दिगो विकासका लागि यहाँहरुको महत्वपूर्ण भूमिका रहन्छ ।’
कार्यक्रम अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा छत्रदेव गाउँपालिकाका उपाध्यक्ष मनी पन्थी, निवर्तमान अध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद पाण्डे,निवर्तमान अध्यक्ष दधिराम खनाल लगायतले पनि मन्तव्य राखेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कृष्ण राना भाटले गरेका थिए । कार्यक्रममा अर्घाखाँचीबाट पोखरामा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरुले जन्मभूमिसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सामाजिक,आर्थिक र शैक्षिक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
