
Djs
Ses
Gfs
Pbu
Pes
Unsku
Sgr
Srbpu
Lnp
pku
cjs
Rgp
Rgp1
Ggp

Rsb
Tsm
Asm
Rgu
Ksm
Gst
Rgs
Rgu
Sbs
Wsp
Ssm
Sls
Bbu
Ggd
Vor
Bbbpu
Pvg
Hal
nsb

Rmb
bbt
Abd
Ptm
sab
Jmb
Pls
Syp
Jmb
Rpp
Gsb
Mks
Bml
काठमाडौं । आज फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ ।
शहीदहरु दशरथ चन्द,धर्मभक्त माथेमा,गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसीहँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन् ।
संवैधानिक रुपमा प्रजातान्त्रिक मूल्य र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको मानिन्छ ।
मूल समारोह आज काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिमा नेपाल सरकारका मन्त्रीहरु,काठमाडौँ उपत्यकाका नगरप्रमुखहरु,मुख्य सचिव,प्रधान सेनापति, सुरक्षा निकायका प्रमुखहरु लगायत उच्च पदाधिकारीहरु सदस्य छन् ।
त्यस्तै गृह मन्त्रालयका सचिव सदस्य–सचिवको भूमिकामा छन् । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष नेताहरूले देशवासीलाई शुभकामना दिएका छन् । रातोपाटी
