
Rgp
Gfs
Unsku
Djs
Ses
Pes
Lnp
Pbu
Rgp1
Srbpu
Ggp
pku
Sgr
cjs

Sls
Rgu
Pvg
Ggd
Asm
Wsp
Rsb
Vor
Sbs
Ksm
Bbbpu
Ssm
nsb
Hal
Rgs
Gst
Rgu
Bbu
Tsm

Ptm
Rpp
Rmb
Jmb
Syp
Pls
Bml
Jmb
Mks
sab
Abd
Gsb
bbt
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आज (मंगलबार) आह्वान गरेको नेपाल बन्द घोषणासंगै मकवानपुरको हेटौँडामा शङ्कास्पद बस्तु फेला परेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित चिसापानीमा खतरा लेखिएको शङ्कास्पद बस्तु फेला परेको हो । उक्त फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बिहान करिब ५ः१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी मोबाइल मोटरसाइकल गस्ती टोलीले धरान–चतरा सडकखण्डको बिच भागमा एउटा शङ्कास्पद वस्तु फेला पारेको थियो ।
त्यस्तै सेतो कपडाले बेरिएको उक्त वस्तुको बाहिरपट्टि ‘खतरा’ लेखिएको थियो । सडकको बिचमै शङ्कास्पद वस्तु देखिएपछि केही बेर उक्त सडकखण्डमा सवारी आवागमनमा समेत अवरोध पुगेको थियो । प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित राख्दै डिस्पोजका लागि नेपाली सेनासँग समन्वय गरेको थियो ।
नेपाली सेनाले बिहान ८:१० बजे उक्त शङ्कास्पद वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जनाकारी दिए । डिस्पोज पश्चात् अहिले उक्त सडकखण्डमा यातायात सुचारु भएको उनले बताए । उक्त वस्तु कसले र किन राखेको हो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनको भनाइ छ ।रातोपाटी
