
Sgr
Ggp
Rgp
Rmb
Srbpu
Pes
Rgp
Lnp
Rgp1
Sds
Pbu
cjs
Cps
Djs
Gfs
pku
sbs
Unsku
Gis

Asm
Ggd
Rgu
Rgs
Rsb
Gst
Bbbpu
Pvg
nsb
Ksm
Bbu
Wsp
Tsm
Sbs
Hal
Vor
Rgu
Sls
Ssm

Gsb
Bml
Jmb
sab
Syp
Abd
Rpp
Ptm
Rmb
Pls
Mks
bbt
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सञ्चालन गरेको समुदायस्तरको नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा जनचेतना शिविर शनिबार वडा नम्बर ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा सम्पन्न भएको छ ।
शिविरको तेस्रो दिन १ सय ६८ महिला र ४६ पुरुष गरी २ सय ३२ जनाको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य शाखाले जनाएको छ । “समयमै नसर्ने रोग जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं” भन्ने मूल नारासहित गाउँपालिकाले अभियानलाई व्यापक रूपमा अघि बढाएको छ । शिविरमा सहभागी नागरिकलाई नसर्ने रोगका प्रकार, कारण, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिइनुका साथै स्वस्थ जीवनशैली अवलम्बन गर्ने तरिकाबारे सचेतना प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।
राउतका अनुसार शिविरमा मधुमेह तथा उच्च रक्तचाप परीक्षण,मिर्गौला रोगको प्रारम्भिक पहिचानका लागि पिसाब परीक्षण,उचाइ–तौलका आधारमा बीएमआई मापन,आवश्यक परामर्श, उपचार तथा प्रेषण सेवा उपलब्ध गराइएको छ।
स्वास्थ्य कार्यालय दाङको समन्वयमा सञ्चालन गरिएको उक्त शिविर ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरिएको छ । शिविर फागुन ४ गते वडा नं. ८ को सामुदायिक बहुउद्देश्यीय भवन पिपरी र फागुन ५ गते वडा नम्बर ४ स्थित मौरीघाट सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
