
Sds
Pbu
Gisld
Ksm
Rbs
Mbdvs
Gmk
Anm
mbd

Ssm
Gst
Wsp
Sbs
Ksm
Pvg
nsb
Sls
Rgu
Rgu
Asm
Hal
Rsb
Bbu
Ggd
Vor
Rgs
Bbbpu
Tsm

Jmb
Mks
Ptm
Abd
Jmb
sab
Rpp
Bml
Syp
Pls
bbt
Rmb
Gsb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर २ महदेवा स्थित महदेवा सामुदायिक वन उपभोक्ता समूहले विभिन्न संघ-संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
समूहका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षतामा शैक्षिक,धार्मिक तथा सामुदायिक पूर्वाधार विकासका लागि शुक्रबार एक कार्यक्रमका बीच आर्थिक सहयोग प्रदान गरिएको हो ।
कार्यक्रममा राप्ती गाउँपालिका–७ छुट्की सिसहनियाको सरस्वती आधारभूत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालय मर्मतका लागि रु १ लाख रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद चौधरीलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी प्रा.वि.महदेवाकी निमित्त.प्र.अ मिना केसीलाई पनि रु १ लाख रुपैयाँ बराबरको चेक प्रदान गरिएको छ।
त्यसैगरी राप्ती नदीस्थित मसानघाट जाने बाटो निर्माणका लागि उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद चौधरीलाई रु १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । त्यस्तै शिव पञ्चायन मन्दिरमा शौचालय निर्माणका लागि रु १ लाख, फर्निचर तथा ढोका–चौकसका लागि २० क्यु फिट काठ र धारा निर्माण तथा जडानका लागि रु १५ हजार उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर चौधरीलाई प्रदान गरिएको छ।
महदेवा पश्चिम टोलमा सार्वजनिक बैठक तथा आमभेला सञ्चालनका लागि चौतारा निर्माण गर्न रु ८५ हजार समितिका अध्यक्ष दामबहादुर ज्ञवालीलाई हस्तान्तरण गरिएको छ । साथै गढवा क्याम्पसका लागि वनको शिलान्यास लेखने गरी सहयाेग स्वरूप रु १५ हजार क्याम्पसका सदस्य तथा सोही वनका लेखा समिति संयोजक खगेश्वर शर्मालाई प्रदान गरिएको छ।
यसैगरी आधारभूत विद्यालय छुट्की सिसहनियाका लागि डेक्स–बेन्च निर्माण तथा मर्मत कार्यका लागि २० क्यु फिट काठ उपलब्ध गराइएको छ भने महदेवा सामुदायिक वनअन्तर्गत जगपुर सामुदायिक वनको भवन निर्माणका लागि समेत २० क्यु फिट काठ उपलब्ध गराइएको छ।
त्यसैगरी महदेवा आधारभूत स्वास्थ्य केन्द्रमा गर्भवती महिलाहरुका लागि आवश्यक क्याल्सियम चक्की अभाव भएपछि सामुदायिक वन उपभोक्ता समितिसँग सहयोग माग गरिएकाले सम्बन्धित निकायसँग समन्वय गरी रु ५० हजार बराबरको औषधि खरिद गरी २०८२ साल फागुन १५ गतेभित्र गाउँपालिका र स्वास्थ्य केन्द्रको उपस्थितिमा हस्तान्तरण गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रेमलाल चौधरीले अघिल्लो वर्ष पनि यस्ता सहयोग कार्यक्रम तय गरिएको भएपनि वनको बैंक खाता रोक्का हुँदा सहयोग गर्न नसकिएको उल्लेख गर्दै हाल उपलब्ध आर्थिक स्रोतबाट विभिन्न संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि सामुदायिक हितका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा समूहका पदाधिकारीको उपस्थिति रहेको थियो भनेकार्यक्रम सञ्चालन वनका लेखा समिति संयोजक खगेश्वर शर्माले गरेका थिए ।

