
Pbu
Ksm
Anm
Sds
Mbdvs
mbd
Gisld
Rbs
Gmk

Ssm
Pvg
Sbs
Rgu
Wsp
Bbbpu
Rgu
Rgs
Vor
Rsb
nsb
Tsm
Asm
Ggd
Sls
Bbu
Gst
Ksm
Hal

Pls
sab
Gsb
Jmb
Rmb
Rpp
Ptm
Jmb
Abd
Bml
bbt
Mks
Syp
दाङ । ज्ञानज्योति अंगे्रजी माध्यमिक विद्यालय गढवाको २४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ विहिवार सम्पन्न भएको छ ।
बिद्यालयका अध्यक्ष सन्तोष कौशलको अध्यक्षता र शिक्षा तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चौधरीको प्रमुख आतिथ्यमा आयोजित बार्षिकोत्सवमा विद्यालयका प्रिन्सीपल दिपक कुमार यादवले बिद्यालयको बार्षिक प्रगति तथा भावि योजनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै शिक्षा तथा समन्वय इकाई प्रमुख चौधरीले गुणस्तरीय शिक्षा प्रदान गर्ने भूमिकामा निजी विद्यालयहरु अब्वल रहेको बताए । शिक्षक, अभिभावक, बिद्यार्थी सबैका विचमा त्रिकोणात्मक समन्वय र सम्वन्ध राम्रो भएमा सरकारी विद्यालयहरु पनि निजी बिद्यालयको जस्तै नतिजा हासिल गर्न सक्ने उनले बताए । वर्तमान समयमा प्रचलित बनेको बढ्दो वैदेशिक पलायनता प्रति प्रहार गर्दै शिक्षा गुणस्तरीय र ब्यवहारिक भयोभने शिक्षा आर्जन गरेर विदेशमा रोजगारी खोज्न जानु नपर्ने उनको भनाई थियो । देशमै बसेर केहि गर्न सकिन्छ भन्ने मानसिकताको विकास अभिभावक र बिद्यार्थी दुवैमा हुनुपर्ने चौधरीले बताए ।
कार्यक्रममा नेपाल अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद गैरे, नेशनल प्याप्सन दाङका अध्यक्ष शालिकराम कार्कि, उपाध्यक्ष ठाकूर डाँगी, गढवा खानेपानी महासंघका अध्यक्ष कृष्णराज पाण्डेय, शिक्षाप्रेमी नवराज देवकोटा, तेजप्रसाद न्यौपाने, सिपि नेपालका हेमराज शर्मा, बुद्धज्योति माविका प्रिन्सीपल थानेश्वर न्यौपाने, ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाका प्रमुख यशोधा भट्टराई, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, पत्रकार दुखहरण यादव र बिद्यार्थीहरु योगिता पुन तथा सन्ध्या थारु लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा बर्ष उत्कृष्ट अभिभावकको रुपमा दिपा राना र रामप्रसाद चौधरीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट शिक्षक विरबहादुर चौधरीलाई सम्मान गरिएको थियो । बार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित गढवा गाउँपालिका स्तरीय अन्तर विद्यालय भलिवल प्रतियोगितामा प्रथम हुने मुनामिलन अंगे्रजी बोर्डिङ स्कूल र द्धितिय हुने सरस्वती माबि गोवरडिहालाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी २०८१ सलको एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु विपिन यादव, टोपाराम बुढाथोकी, युवराज गुप्ता र निशिता चौधरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विविध भेषभुषाहरु झल्किने झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । सो अवसरमा बर्षभरीको पठनपाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने सबै कक्षाका विद्यार्थीहरु र विद्यालय प्रथम,द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । बार्षिकोत्सवमा मार्सलआर्ट तथा तेक्वान्दो समेत प्रदर्शन गरिएको थियो । २०६० सालमा स्थापना भएको सो विद्यालयमा हाल ८ सय ६० बिद्यार्थी, ३४ शिक्षक सहित ४८ कर्मचारी, ४ वटा वस र वातावरण मैत्री भवन तथा खेलमैदान रहेको प्रिन्सीपल दिपक कुमार यादवले जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक यतिदेवि चौधरीले गरेका थिए ।
