
Pbu
Pes
Ggp
Djs
cjs
Sgr
Ses
Unsku
Rgp
Srbpu
pku
Gfs
Lnp
Rgp1

Asm
Rgu
Ssm
nsb
Wsp
Rgu
Rsb
Vor
Ksm
Bbbpu
Sls
Bbu
Pvg
Hal
Tsm
Rgs
Ggd
Sbs
Gst

Gsb
Jmb
Rpp
bbt
Bml
Rmb
sab
Jmb
Abd
Pls
Mks
Syp
Ptm
सल्यान । सल्यानमा डबलक्याप बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ का ३४ वर्षिय बिजय बिकको घटनास्थलमै मृत्यु भएको हो ।
पूर्वी रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६१ नम्बरको डबल क्याप बोलेरो जिप बुधबार (आज) बिहान तुलसीपुर–कपुरकोट सडकखण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै दुर्घटनामा परेको हो ।
जिपमा चालकसहित चार जना सवार रहेको र अरु तीन जना घाइते भएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । उनका अनुसार घाइते तीन जनालाई उद्दार गरेर राप्ती प्रादेशिक अस्पतालमा पठाएको छ।
त्यस्तै घाइते हुनेमा एक बालकसहित दुई महिला रहेका छन् । जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
