
Rgp1
Rgp
Pbu
Sgr
Ggp
Unsku
Gfs
Djs
pku
Lnp
Srbpu
cjs
Ses
Pes

Tsm
Vor
Rsb
Asm
Pvg
Ssm
Rgs
Ksm
nsb
Hal
Wsp
Rgu
Sbs
Bbbpu
Gst
Bbu
Sls
Ggd
Rgu

Abd
Jmb
Syp
sab
Pls
Jmb
Rmb
Ptm
Mks
Gsb
Rpp
bbt
Bml
सिरहा । सिरहा कारागारमा कैदीहरूले अझै प्रदर्शन जारी राखेका छन् । जिल्ला सुरक्षा समितिले सोमबार कारागारबाट नाइके इन्द्रजित यादवसहित १३ जनालाई बाहिर निकालेपछि सुरु भएको प्रदर्शन अझै नरोकिएको हो ।
अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली, नगद १ लाख २० हजार रुपैयाँ, चुरोट, सुर्ती लगायतका कुरा भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
तर,उनीहरुलाई कारागारबाट निकालेर प्रहरी हिरासतमा ल्याइएसँगै नाइके यादव निकट कैदीहरूले कारागारभित्र आगजनी गर्दै प्रदर्शन थालेका थिए । सुरक्षाकर्मीले सोमबार बेलुकी पानीको फोहोरा हालेर आगो नियन्त्रणमा लिए पनि उनीहरू रातभर कारागारभित्र प्रदर्शन गरे ।
त्यस्तै कारागारभित्र तोडफोड गर्ने, ढुंगा, भाँडाकुँडा,पानी लगायत बाहिर फाल्ने, गाली गर्ने काम उनीहरूले गरिरहेका छन् । उनीहरूले अप्रिय घटना घटाउने सक्ने भन्दै कारागार बाहिर हिजैदेखि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनै निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यस्तै यता,प्रशासनले भने कारागारमा बल प्रयोग गर्ने तयारी गरेको छ । बल प्रयोग गरी यसमा संलग्नहरूलाई नियन्त्रणमा लिने र कारागार सरुवा गर्ने तयारीमा प्रशासनले गरेको हो । ‘उनीहरु अनावश्यक रूपमा बदमासी गर्दैछन्,’ सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘हामी क्रियाको प्रतिक्रिया दिन्छौं ।’
यस विषयमा कसरी अगाडि बढ्ने र स्थितिलाई कसरी नियन्त्रणमा लिने भन्ने विषयमा निर्णय लिन अहिले जिल्ला सुरक्षा समितिको बैठक पनि बोलाइएको प्रजिअ पौडेलले जानकारी दिए ।इकान्तीपुर
