
Ses
Ggp
Unsku
Srbpu
Pbu
Djs
Sgr
pku
Gfs
Lnp
cjs
Pes
Rgp1
Rgp

Rsb
Rgs
nsb
Hal
Sls
Ksm
Ggd
Bbu
Rgu
Sbs
Gst
Asm
Pvg
Bbbpu
Wsp
Rgu
Ssm
Vor
Tsm

Pls
bbt
Gsb
Rpp
Mks
Jmb
Syp
Abd
sab
Rmb
Jmb
Ptm
Bml
दाङ । अमिलियामा प्रहरीले भन्सार छली ल्याइएका लाखौँ मूल्यका जिमका सामानहरु नियन्त्रणमा लिएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्थित अमिलिया चोकमा गएराति गरिएको विशेष चेकिङका क्रममा ती सामान बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट धनगढी तर्फ जाँदै गरेको युके ०६ सिबी ४६३३ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गरेको हो । चेकजाँचका क्रममा ट्रकमा लोड गरिएका जिमका सामानहरूको बिल नभएको भेटिएको हो ।
त्यस्तै प्रहरीका अनुसार बरामद गरिएको सामानको जम्मा मूल्याङ्कन २६ लाख ८१ हजार ६ सय ५८ रुपैयाँ गरिएको छ । ट्रक र सामानलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर,बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए । पछिल्लो समय सीमावर्ती क्षेत्रमा भन्सार छलीका गतिविधि रोक्न प्रहरीले सक्रियता बढाएको छ ।
