
Rgp
Gfs
Rgp1
Lnp
Pes
Ggp
Unsku
Srbpu
Pbu
Sgr
pku
Ses
Djs
cjs

Ggd
Asm
Tsm
Rsb
nsb
Rgu
Wsp
Sls
Bbu
Pvg
Gst
Rgu
Bbbpu
Sbs
Ksm
Hal
Vor
Rgs
Ssm

bbt
sab
Bml
Syp
Abd
Rmb
Jmb
Jmb
Rpp
Gsb
Ptm
Pls
Mks
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सप्तरी ३ का उम्मेदवार अमरकान्त चौधरीसहित नौजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । अख्तियारले सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई चौधरीसहित नौजनालाई उपस्थिति गराइदिन पत्राचार गरेको हो ।
जिल्ला सप्तरी ढाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ स्थित पर्ने श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीसमेतको मिलेमताेमा भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको भन्ने व्यहोराको यस कार्यालयमा दर्ता भएको उजुरीको अनुसन्धान भइरहेकोमा निम्न उल्लेखित मानिसहरूसँग केही आवश्यक कुराहरू सोधपुछ बयान गर्नुपर्ने भएको हुँदा निजहरूको नागरिकताको प्रमाणित प्रतिलिपिसहितका कागजहरू उपलब्ध गराई निजहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उपस्थित गराइदिनुहुन भन्ने व्यहोरासहितको पत्र अख्तियारले पालिकालाई पठाएको छ।
त्यस्तै पूर्वसांसद तथा दिवंगत नेता चन्द्रकान्त चौधरीका छोरा अमरकान्त चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएर चुनावी मैदानमा छन् । नयाँ पत्रीका
