
Rgp1
Lnp
Unsku
Srbpu
pku
Sgr
Ggp
Pbu
cjs
Djs
Ses
Pes
Rgp
Gfs

Sbs
Bbu
Gst
Wsp
Bbbpu
Rgs
Rsb
Hal
nsb
Ksm
Sls
Pvg
Vor
Rgu
Tsm
Ssm
Asm
Rgu
Ggd

Gsb
Mks
Jmb
Jmb
Abd
Pls
sab
Rmb
Rpp
bbt
Bml
Syp
Ptm
सिराहा । सिराहास्थित प्रादेशिक अस्पतालमा मिलेमतोमा भर्ना गरिएका करारका कर्मचारीले राजस्व हिनामिना गरेको पाइएपछि अस्पतालका दुईजना पूर्वप्रमुखसहित १० जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनीहरुले ३८ लाख ७७ हजार हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले अस्पतालका तत्कालीन प्रमुखहरू डा. नागेन्द्रप्रसाद यादव, डा. सरोज यादवसमेतले बिलिङ काउन्टरबाट संकलन भएको रकम कुन कर्मचारीले कति रकम संकलन गरे भन्ने सफ्टवेयरबाट नै हेर्न पाउने अधिकार हुँदाहुँदै बदनियत राखी अस्पताललाई हानि–नोक्सानी पुर्याएको र दुरुपयोग गरेको जनाएको छ ।
त्यस्तै आयोगले दुई पूर्वप्रमुखसहित तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह,तत्कालीन लेखा प्रमुख अशोककुमार यादव,अहेव श्यामकुमार मण्डल,सहायक कम्प्युटर अपरेटरहरु सरस्वती कुमारी यादव,पूजाकुमारी यादव,रोशनकुमार यादव, अजयकुमार मण्डल र तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलकी श्रीमती मुस्कान कुमारी मण्डललाई प्रतिवादी बनाएर आरोप पत्र दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तै २०८०/०८१ मा अस्पतालको बिलिङ काउन्टरहरुबाट संकलन गरिएको तीन करोड ८७ लाख ६६ हजा ९७४ रुपैयाँ ८३ पैसा जम्मा हुनुपर्ने देखिएकामा अस्पतालको अभिलेख विवरणअनुसार तीन करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला गरी बाँकी रकम दाखिला नगरी हानि–नोक्सानी तथा दुरुपयोग गरेको आरोप पत्रमा उल्लेख छ ।
त्यस्तै बिलिङ काउन्टरमा कार्यरत अहेव श्यामकुमार मण्डलले बिलिङ सफ्टवेयर अभिलेखअनुसार ७० लाख ३७ हजार ३४७ रुपैयाँ आम्दानी गरेकामा २५ लाख ४७ हजार ४१७ रुपैयाँ दाखिला नगरेको, सहायक कम्प्युटर अपरेटर रोशनकुमार यादवले बिलिङ सफ्टवेयर अभिलेखअनुसार ६७ लाख १९ हजार ४३ रुपैयाँ आम्दानीमध्ये एक लाख ६४ हजार ६५९ रुपैयाँ दाखिला नगरेको आरोपपत्रमा उल्लेख छ । नयाँपत्रीका
