
cjs
pku
Srbpu
Lnp
Ggp
Sgr
Gfs
Pes
Ses
Pbu
Rgp
Unsku
Djs
Rgp1

Gst
Hal
Bbbpu
Rgs
Rgu
nsb
Wsp
Sbs
Vor
Sls
Rsb
Pvg
Ksm
Rgu
Asm
Bbu
Ssm
Tsm
Ggd

sab
Abd
bbt
Ptm
Jmb
Bml
Syp
Rmb
Pls
Rpp
Mks
Gsb
Jmb
दाङ । तुलसीपुरमा पछिल्लो समय खाद्य तथा किराना व्यवसायीहरुमा सुधार देखिन थालेको छ । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले बजार अनुगमनलाई तीव्रता दिएसँगै खाद्य सुरक्षाको अवस्थामा सकारात्मक परिवर्तन देखिएको हो ।
अनुगमनका क्रममा यसअघि म्याद नाघेका खाद्यवस्तु,अखाद्य वस्तुको मिसावट, रंग मिसाइएको खानेकुरा,उत्पादन तथा उपभोग्य मिति नाघेका सामग्री,लेबल नलगाइएका वस्तुजस्ता समस्या व्यापक देखिँदै आएको भएपनि पछिल्लो समय व्यवसायी र उपभोक्ता दुवै सचेत बन्दै जाँदा केही सुधार आएको खाद्य निरीक्षक सुदर्शन गोसाईले जानकारी दिए ।
आज पनि तुलसीपुरका विभिन्न मार्ट तथा होटलहरुमा छड्के अनुगमन गरिएको छ । तुलसीपुरस्थित तुलसी मार्ट,नायक मार्ट र पलाउ मार्टमा गरिएको अनुगमनका क्रममा अधिकांश मार्टमा अघिल्ला दिनको तुलनामा उल्लेख्य सुधार देखिएको भएपनि तुलसी मार्टमा भने ३ हजार ५ सय रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ (स्प्राइट) फेला परेपछि नष्ट गरिएको छ ।
यसैगरी पलाउ रेष्टुरेन्ट,पलाउ फ्रेस हाउस,बर्गर हाउस एण्ड चिकेन स्टेशन,पार्टी फालो रेष्टुरेन्ट तथा कोको भ्यु फेमिली रेष्टुरेन्टमा पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश रेष्टुरेन्टको भान्सामा सरसफाइ तथा व्यवस्थापनमा कमजोरी भेटिएको छ भने पलाउ रेष्टुरेन्टमा अघिल्लो अनुगमनको तुलनामा केही सुधार देखिएको खाद्य निरीक्षक गोसाईले बताए । त्यसैगरी केही रेष्टुरेन्टमा रंग प्रयोग गरिएको खानेकुरा तथा पटक–पटक तताइएर गुणस्तर बिग्रिएको तेल फेला परेपछि तत्काल नष्ट गरिएको छ ।
साथै,दर्ता नवीकरण नगरेका केही व्यवसायीलाई समयमै पालिकामा दर्ता नवीकरण गर्न आग्रह गरिएको छ भने कैफियत भेटिएका व्यवसायीलाई तत्काल सुधार गरी उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर बन्न निर्देशन दिइएको छ । आजको बजार अनुगमन कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा,बजार व्यवस्थापन शाखा,नगर प्रहरी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।तुलसीपुरखबर
