
Pes
Lnp
Srbpu
Rgp1
Gfs
Sgr
pku
Pbu
Djs
Rgp
cjs
Ses
Ggp
Unsku

Sls
Vor
Rsb
Bbbpu
Wsp
Rgs
Tsm
Rgu
Asm
Ggd
Sbs
Rgu
Hal
Gst
Ssm
Ksm
Bbu
Pvg
nsb

sab
Rpp
Gsb
Jmb
Bml
Pls
Ptm
Jmb
Abd
Mks
Rmb
Syp
bbt
दाङ । लमही नगरपालिका र सहकारी संस्था तथा स्थानीय कृषकहरुको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कृषकका गुनासोहरु नगरपालिकाका लागि गम्भीर विषय भएको बताउँदै प्राथमिकताका साथ समाधान गरिने प्रतिवद्धता जनाए । उनले कृषकको समस्यालाई योजनामा समेटी दीर्घकालीन समाधानतर्फ नगरपालिका अघि बढ्ने बताए ।
उपप्रमुख लक्ष्मी योगीले कृषकको उत्पादन र आम्दानी बढाउने खालका कार्यक्रम ल्याइने उल्लेख गर्दै नगरपालिकाले सहकारी र कृषकबीच समन्वय गरी काम गर्ने बताए । उनले समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिने पनि जानकारी दिए ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले कार्यक्रमबाट उठेका सबै गुनासोहरू लिखित रूपमा संकलन गरी कार्ययोजना बनाएर छिटोभन्दा छिटो सम्बोधन गरिने बताए । उनले नगरपालिकाले कृषक मैत्री नीति र कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गरिरहेको स्पष्ट पारे ।
कार्यक्रममा कृषकहरूले कृषि अनुदान, मल बिउको उपलब्धता,सिँचाइ सुविधा,बजार पहुँच तथा सहकारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न समस्याबारे गुनासो गरेका थिए । कार्यक्रममा नगरभित्र सञ्चालित विभिन्न सहकारी संस्थाका पदाधिकारी, सदस्य तथा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहकारी सञ्चालक तथा कृषकहरूले नगरपालिकामार्फत उपलब्ध गराइने सेवा प्रभावकारी नभएको, आवश्यक समयमा ऋण तथा अनुदान सहज रूपमा नपाएको, कृषि सामग्री (बिउ, मल, औजार) को उपलब्धतामा समस्या रहेको, तालिम तथा प्रविधि हस्तान्तरण पर्याप्त नहुँदा उत्पादन लागत बढ्दै गएको गुनासो गरेका छन ।
साथै बजार सुनिश्चितता नहुँदा उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको प्रभाव बढी भएको विषय पनि उठाइएको थियो । कृषकहरुले कृषि बीमा,सहुलियत ऋण,सिंचाइ व्यवस्थापन तथा प्राविधिक जनशक्तिको अभावका कारण अपेक्षित रूपमा कृषि उत्पादन बढाउन नसकिएको बताउँदै स्थानीय सरकारले यस्ता विषयमा थप सक्रिय भूमिका खेल्नुपर्ने माग राखेका छन् । सहकारी सञ्चालकहरुले भने सहकारी र नगरपालिकाबीच समन्वय कमजोर हुँदा कार्यक्रम कार्यान्वयनमा समस्या आएको गुनासो गरेका छन् ।
लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल,वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण पशु तथा उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपानेले गरेका थिए ।
