
Pes
Unsku
Ses
Djs
Rgp
Srbpu
cjs
Gfs
Ggp
Lnp
Pbu
Sgr
pku
Rgp1

Rsb
Asm
Gst
Rgu
nsb
Tsm
Ggd
Rgu
Ssm
Sbs
Sls
Bbbpu
Wsp
Pvg
Hal
Rgs
Vor
Bbu
Ksm

Abd
Jmb
Rmb
Mks
Bml
Gsb
Ptm
Syp
bbt
Jmb
Rpp
Pls
sab
दाङ । लुम्बिनी प्रदेशमा डिजिटल सुरक्षालाई सुदृढ बनाउँदै तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित डिजिटल नीति ढाँचा विकास सम्बन्धी कार्यक्रम आइतबार दाङको राप्ती गाउँपालिकामा सम्पन्न भएको छ।
पुरक एशिया काठमाडौँ र पाल्पा विकास केन्द्र तानसेनको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम लुम्बिनी प्रदेशमा डिजिटल सुरक्षा तथा तथ्यांक व्यवस्थापन सुदृढीकरण परियोजना अन्तर्गत सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्थानीय तहमा डिजिटल सुरक्षा,सूचना प्रविधिको सुरक्षित प्रयोग,साइबर जोखिम न्यूनीकरण,व्यक्तिगत तथा संस्थागत तथ्यांकको संरक्षण तथा प्रभावकारी व्यवस्थापन, साथै स्थानीय आवश्यकताअनुसार डिजिटल नीति निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो ।
त्यस्तै कार्यक्रममा प्रविधि तथा कानुन विषयका विज्ञ हेमपाल श्रेष्ठले डिजिटल युगमा बढ्दो साइबर जोखिम, डाटा चुहावटका सम्भावना,कानुनी दायित्व तथा स्थानीय तहले अवलम्बन गर्नुपर्ने डिजिटल सुरक्षा मापदण्डबारे कार्यपत्र प्रस्तुत गरे । उनले सुरक्षित डिजिटल अभ्यास र स्पष्ट नीति बिना सुशासन सम्भव नहुने उल्लेख गरे ।
कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले डिजिटल प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगले स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने बताउँदै यस्ता कार्यक्रमले नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने धारणा व्यक्त गरे ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय तहमा डिजिटल प्रणालीको प्रयोग बढेसँगै डाटा सुरक्षा र साइबर जोखिमप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै संस्थागत क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रम उपयोगी हुने बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी,विधेयक समिति संयोजक विष्णुप्रसाद पोख्रेललगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।
सहभागीहरुले यस्ता कार्यक्रमले स्थानीय तहमा डिजिटल सुशासन प्रवर्द्धन गर्न,कार्यालयका डिजिटल अभ्यास सुधार गर्न तथा डाटा सुरक्षाको अवस्था मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
आयोजक संस्थाहरुले आगामी दिनमा पनि प्रदेश तथा स्थानीय तहसँग सहकार्य गर्दै यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् । कार्यक्रमको सहजीकरण पाल्पा विकास केन्द्रका किरण कौशलले गरेका थिए ।
