
Asb
Rgp
Ggp
Dus
Ggp
Jns
lnp
Rgp
Usb
Lnp
ksb
Rgp
Sgp
Lks
Rgp

lms

दाङ । स्वर्गद्वारी टिप्पर यातायात प्रालीको अध्यक्षमा पुन: ब्यवसायी भरतनाथ योगि निर्बिरोध निर्बाचित भएका छ्न ।
प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट योगीको अध्यक्षतामा बरिस्ठ उपाध्यक्ष सुदन केसि रहने गरि १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा जीतबहादुर वली, द्वितीय उपाध्यक्षमा ओमकान्त रेग्मी, तृतीय उपाध्यक्षमा विमल पौडेल चयन हुनुभएको छ भने सचिवमा गोपालप्रसाद श्रेष्ठ, कल्याणकारी सचिवमा गिरिराज घिमिरे, सहसचिवमा भक्त बस्नेत र कोषाध्यक्षमा जोगमणि रेग्मी चयन भएका छन् ।
त्यस्तै अधिवेशनबाट सदस्यहरुमा महेश खनाल, गिरु केसी र भोजराज खत्री चयन भएका छन् । समितिका अध्यक्ष भरतनाथ योगीको अध्यक्षता तथा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालको प्रमुख आतिथ्यता एवं स्वर्गद्वारी टिप्पर व्यवसायी समितिका संस्थापक अध्यक्ष गिरिराज सुवेदीको विशिष्ट आतिथ्यतामा अधिवेशन भएको हो । सो अवसरमा बोल्दै वक्ताहरुले टिप्पर व्यवसायलाई थप व्यवस्थित बनाउनुपर्ने भन्दै बिमा भुक्तानीलगायतका प्रक्रियालाई सहज बनाउन आग्रह गरेका थिए । उनीहरुले व्यवसाय दिनप्रतिदिन खस्कदै गइरहेको उल्लेख गर्दै व्यवसायीहरुको लगानी र मनोवल बढाउने गरी समितिलाई काम गर्न सुझाव दिएका थिए ।
सो अवसरमा समितिका सल्लाहकार भेषराज खत्री, हिमालयन एभरेष्ट इन्स्योरेन्स घोराहीका प्रबन्धक डा. लोकराज पराजुलीलगायतले शुभकामना व्यक्त गरे । व्यवसायी सुदन केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समितिका सचिव शोभाकर डाँगीले गरेका थिए । नब निर्बाचित कार्य समितीलाई त्रिसिद्धेश्वरि यातायात प्रालिका अध्यक्ष सुरेश हमालले टिका, खादा र माला लगाएर बधाइ तथा शुभकामना दिएका थिए ।खोजरफ्तार
