
Srbpu
Pes
Rgp1
Rgp
Unsku
Ses
Gfs
Sgr
cjs
Djs
Pbu
Lnp
Ggp
pku

Bbu
Ssm
Rgu
Rgu
nsb
Sbs
Rgs
Tsm
Gst
Vor
Ggd
Hal
Rsb
Wsp
Pvg
Sls
Bbbpu
Ksm
Asm

Ptm
Abd
Rmb
Pls
Rpp
Mks
Bml
Gsb
Jmb
bbt
sab
Syp
Jmb
दाङ । स्वर्गद्वारी टिप्पर यातायात प्रालीको अध्यक्षमा पुन: ब्यवसायी भरतनाथ योगि निर्बिरोध निर्बाचित भएका छ्न ।
प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट योगीको अध्यक्षतामा बरिस्ठ उपाध्यक्ष सुदन केसि रहने गरि १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा जीतबहादुर वली, द्वितीय उपाध्यक्षमा ओमकान्त रेग्मी, तृतीय उपाध्यक्षमा विमल पौडेल चयन हुनुभएको छ भने सचिवमा गोपालप्रसाद श्रेष्ठ, कल्याणकारी सचिवमा गिरिराज घिमिरे, सहसचिवमा भक्त बस्नेत र कोषाध्यक्षमा जोगमणि रेग्मी चयन भएका छन् ।
त्यस्तै अधिवेशनबाट सदस्यहरुमा महेश खनाल, गिरु केसी र भोजराज खत्री चयन भएका छन् । समितिका अध्यक्ष भरतनाथ योगीको अध्यक्षता तथा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालको प्रमुख आतिथ्यता एवं स्वर्गद्वारी टिप्पर व्यवसायी समितिका संस्थापक अध्यक्ष गिरिराज सुवेदीको विशिष्ट आतिथ्यतामा अधिवेशन भएको हो । सो अवसरमा बोल्दै वक्ताहरुले टिप्पर व्यवसायलाई थप व्यवस्थित बनाउनुपर्ने भन्दै बिमा भुक्तानीलगायतका प्रक्रियालाई सहज बनाउन आग्रह गरेका थिए । उनीहरुले व्यवसाय दिनप्रतिदिन खस्कदै गइरहेको उल्लेख गर्दै व्यवसायीहरुको लगानी र मनोवल बढाउने गरी समितिलाई काम गर्न सुझाव दिएका थिए ।
सो अवसरमा समितिका सल्लाहकार भेषराज खत्री, हिमालयन एभरेष्ट इन्स्योरेन्स घोराहीका प्रबन्धक डा. लोकराज पराजुलीलगायतले शुभकामना व्यक्त गरे । व्यवसायी सुदन केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समितिका सचिव शोभाकर डाँगीले गरेका थिए । नब निर्बाचित कार्य समितीलाई त्रिसिद्धेश्वरि यातायात प्रालिका अध्यक्ष सुरेश हमालले टिका, खादा र माला लगाएर बधाइ तथा शुभकामना दिएका थिए ।खोजरफ्तार
