
Pbu
Rgp1
Djs
Ggp
Gfs
Rgp
pku
Lnp
Sgr
Pes
Ses
cjs
Srbpu
Unsku

Ggd
nsb
Bbbpu
Gst
Pvg
Sls
Rgu
Vor
Ksm
Wsp
Hal
Ssm
Asm
Tsm
Sbs
Rsb
Rgs
Bbu
Rgu

Rpp
Mks
Syp
Bml
Gsb
Pls
Rmb
Jmb
Abd
bbt
sab
Jmb
Ptm
दाङ । विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवस २०२६ को अवसरमा गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उष्ण प्रदेशीय रोगहरुको बारेमा बृहत रुपमा सचेतना जगाउन आवश्यक रहेको बताउदै अध्यक्ष पोख्रेलले रोगबाट सीमान्तकृृत तथा विपन्न नागरिक मारमा परेको बताए । विपन्न नागरिकहरु बढी प्रभावित पर्ने रोग भएकोले यी रोगहरु प्राथमिकतामा पर्न नसकेको पालिका अध्यक्ष पोख्रेलले बताए । स्वयम हेरचाह समूह गठनको खबरले आफु खुसी भएको बताउदै आगामी दिनमा थप सक्रिय बनाउन पालिका बाट भरपुर सहयोग गर्ने बताए । व्यवस्थितरुपमा सञ्चालन बारे गाउँपालिका बाट पुर्णरुपमा सहयोग गर्ने र समूहलाई उद्यमसंग जोड्ने बारे योजना बनाउन र समूहहरुले के गर्न चाहेको छ त्यो शाखा मार्फत जानकारी गराउन अनुरोध समेत गरे ।
अन्तरक्रिया कार्यक्रमको प्रशिक्षकमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब टेक्निसियन परशुराम पोख्रेल र जिल्ला स्वास्थ्य कार्यालय दाङका कमल चन्द रहेका थिए । कृषि समूह गठन,दर्ता प्रक्रिया लगायतका बारेमा कृषि विकास शाखाकी कृषि अधिकृत निहारिका चौधरीले जानकारी दिएका थिए ।
गढवा गाउँपालिकाको आयोजना तथा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय,स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय दाङ,नेपाल महिला सामुदायिक सेवा केन्द्र र फेयर मेडको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी,गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव,गढवा गाउँपालिका कृषि विकास शाखाको कृषि अधिकृत निहारिका चौधरी,प्रेरणा परियोजनाका संयोजक विवेक केसी,गोबरडिहा आधारभूत स्वास्थ्य सेवा केन्द्रका अनमी शर्मिला चौधरी,महदेवा आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी प्रेमा चौधरी,प्रेरणा परियोजनाका सामुदायिक सहजकर्ता अमित कुमार यादव,वडा नम्बर २ र ३ का सहभागी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले गरेका थिए ।
