
Ses
pku
Unsku
Rgp1
Djs
Lnp
Rgp
cjs
Pbu
Pes
Ggp
Sgr
Srbpu
Gfs

Bbbpu
Vor
Asm
Ggd
Wsp
Tsm
Rgu
Rsb
Gst
nsb
Sbs
Rgu
Pvg
Bbu
Sls
Rgs
Ssm
Ksm
Hal

Bml
Ptm
Mks
Rmb
Jmb
bbt
Rpp
sab
Syp
Pls
Jmb
Gsb
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिकामा थप दुई स्थानमा दूध संकलन केन्द्र स्थापना गर्ने विषयमा छलफल सम्पन्न भएको छ ।
गढवामा सञ्चालित भिटा परियोजना अन्तर्गत गठन भएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाको दुई स्थानमा सहायक दूध संकलन केन्द्र स्थापना गर्ने तयारी गरेको हो । हाल गढवा-६ गढवा बजारमा दूध संकलन तथा बिक्री केन्द्र सञ्चालन हुँदै आएको छ । जसले दूध उत्पादन किसानलाई दूध बिक्रीमा सहजता पुर्याउँदै आएको छ । यसले विशेषगरी भैंसीपालक किसानहरुलाई भैंसी पालन व्यवसायलाई व्यवसायिक रूपमा अघि बढाउन मद्दत पुगेको छ ।
त्यस्तै गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष शोभा रावत क्षेत्रीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य र वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीको विशेष उपस्थितिमा दुई स्थानमा सहायक दूध संकलन केन्द्र स्थापना सम्बन्धी छलफल भएको सहकारीका व्यवस्थापक रम्भुनाथ चौधरीले जानकारी दिए ।
छलफल अनुसार गढवा गाउँपालिका वडा नम्बर २ पचहिया र वडा नम्बर ४ अजगढवा (रामनगर) मा दूध संकलन केन्द्र स्थापना गरिनेछ । छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भने,“गढवा गाउँपालिकामा पशुपालन र दुग्ध उत्पादनलाई आयआर्जनको प्रमुख माध्यमका रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो । दूध संकलन केन्द्र किसानको घर नजिकै स्थापना हुँदा किसानको समय, खर्च र मेहनत जोगिन्छ । यसले दुग्ध उत्पादन बढाउन र किसानको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउनेछ । गाउँपालिकाले सहकारी र साझेदार संस्थासँग सहकार्य गर्दै कृषकमुखी कार्यक्रमलाई निरन्तरता दिनेछ ।”
त्यस्तै अहिले गढवा बजारमा मात्र दूध संकलन केन्द्र सञ्चालन हुँदा वडा नम्बर १, २, ३, ४ र ५ का किसानलाई दूध बिक्री गर्न टाढा जानु पर्ने बाध्यता रहेको छ । नयाँ केन्द्र स्थापना भएपछि ती वडाका भैंसीपालक किसानहरूलाई दूध बिक्री गर्न सहज हुने अपेक्षा गरिएको छ भने वडा नम्बर ५, ६ र ७ का किसानहरु गढवा–६ को मुख्य केन्द्रबाट लाभान्वित हुँदै आएका छन् ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको सहकार्यमा सञ्चालित भिटा परियोजनाले कृषि,पशुपालन, महिला सशक्तिकरण,व्यवसायिक उत्पादन र उद्यमशीलता विकासमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत किसानलाई तालिम,कृषि तथा पशु सामग्री हस्तान्तरण,प्राविधिक सेवा,उन्नत जातका राँगा तथा बोका वितरण,खोर सुधार लगायतका कार्यहरु हुँदै आएका छन् ।
यस्तै कार्यक्रममा सामुदायिक सहजकर्ता कैलाश चौधरी,माया चौधरी,समाजका अगुवा,भैंसीपालक किसान लगायतको सहभागिता रहेको थियो ।
