प्रिया स्मृती गजमेर मंगलबार, माघ १३, २०८२

दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम छिट्टै नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

लमहीमा आयोजित प्रधानमन्त्री कप दाङ जिल्ला स्तरीय पुरुष एकदिवसीय छनोट क्रिकेट प्रतियोगिताको आज समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले लमहीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको केन्द्रका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए ।

त्यस्तै उनले स्टेडियम क्यानलाई हस्तान्तरण गरेपछि यहाँ राष्ट्रिय स्तरका प्रतियोगिता, प्रशिक्षण क्याम्प तथा अन्तर्राष्ट्रिय अभ्यास खेलहरू आयोजना गर्न सहज हुने बताए । “लमहीको भौगोलिक अवस्थिति, पूर्वाधार र जनशक्तिलाई सदुपयोग गर्दै खेल पर्यटन र खेल अर्थतन्त्रको विकास गर्न सकिन्छ,” नगर प्रमुख चौधरीले भने ।

नगर प्रमुख चौधरीका अनुसार लमही नगरपालिकाले खेलकुद पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै क्रिकेटसँगै फुटबल, भलिबल,एथलेटिक्स लगायतका खेलका लागि पनि मैदान,प्रशिक्षण केन्द्र र खेलकुद पार्क निर्माण गर्ने दीर्घकालीन योजना बनाउन आवश्यक रहेको बताए । विद्यालयस्तरदेखि नगरस्तरसम्म नियमित प्रतियोगिता आयोजना गरी स्थानीय प्रतिभा पहिचान र प्रोत्साहन गर्ने नीति पनि अघि बढाइएको उनको भनाई छ ।

कार्यक्रममा नगर प्रमुख चौधरीले नगरपालिकाद्वारा लगत्तै ‘मेयर कप’ क्रिकेट र फुटवल प्रतियोगिता सञ्चालन गरिने घोषणा पनि गरेका छन् । मेयर कपमार्फत युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउने र लमहीलाई क्रिकेट लगायत अन्य खेलको गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य रहेको नगर प्रमुखको भनाइ थियो ।

कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरुले लमहीमा सुविधायुक्त अन्तर्राष्ट्रिय स्तरको मैदान सञ्चालनमा आउनुले दाङ मात्र होइन,समग्र लुम्बिनी प्रदेशकै खेलकुद विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]