
pku
Rgp1
Gfs
Pbu
Lnp
Srbpu
Sgr
Rgp
cjs
Ses
Ggp
Pes
Unsku
Djs

Rgu
Gst
Asm
Bbu
Rsb
Bbbpu
nsb
Tsm
Rgu
Ggd
Rgs
Sls
Wsp
Sbs
Vor
Ssm
Hal
Pvg
Ksm

Abd
Syp
Ptm
Rmb
Jmb
sab
Rpp
Jmb
Gsb
Mks
Bml
Pls
bbt
दाङ । देशका विभिन्न स्थानहरुमा यतिबेला धार्मिक मेला तथा–महोत्सव सांस्कृतिक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
यस्ता महोत्सवहरुमा प्रायःव्यावसायिक स्टलहरु देखिने गरे पनि दाङको लमही महोत्सवमा भने एक फरक र मानवीय सन्देश बोकेको स्टलले सबैको ध्यान आकर्षित गरिरहेको छ ।
“भोकालाई भोजन,प्यासीलाइ पानी”भन्ने नारासहित जय महाकाल युवा समूहले लमही महोत्सवमा बटुवा तथा सर्वसाधारणलाई निःशुल्क खाना र पिउने पानी उपलब्ध गराउँदै आएको छ । समूहले दाङका विभिन्न स्थानमा यस किसिमका सेवामूलक कार्यहरु निरन्तर रुपमा गर्दै आएको जनाएको छ।
जय महाकाल युवा समूहका केन्द्रीय सदस्य निर्मल कुमार भुसालका अनुसार यो अभियान समूहका सदस्यहरुले व्यक्तिगत पहलमै सुरु गरेका हुन् । कार्यक्रम सुरु भएसँगै समाजका विभिन्न मनकारी व्यक्तिहरु स्वतः सहभागी भई सहयोगमा जोडिँदै आएको उनले बताए ।
यस मानवीय अभियानलाई व्यवस्थित र प्रभावकारी रुपमा अघि बढाउन लुम्बिनी प्रदेश अध्यक्ष हेमन्त बस्नेतले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । त्यस्तै,पिउने पानीको व्यवस्थापनमा साइराम ड्रिन्किङ वाटरले निरन्तर सहयोग गर्दै आएको जनाइएको छ । जय महाकाल युवा समूहले “भोकालाई भोजन,प्यासीलाइ पानी” भन्ने नारालाई व्यवहारमै उतार्दै आगामी दिनहरूमा पनि यस्ता सेवामूलक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यसैबीच,लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरण बुढाथोकीले जय महाकाल युवा समूहले गरेको यस सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष बुढाथोकीले जय महाकाल युवा समूहले गरेको कार्यको खुलेर प्रशंसा गर्दै भने,“आजको समयमा मेला–महोत्सवहरू प्रायः व्यापारिक उद्देश्यमा सीमित हुँदै गएका छन् ।
यस्तो अवस्थामा जय महाकाल युवा समूहले ‘भोकालाई भोजन,प्यासीलाइ पानी’भन्ने नारालाई व्यवहारमै उतारेर समाजप्रति उदाहरणीय काम गरेको छ । यसले मानवता, सहकार्य र सेवाको सन्देश फैलाएको छ । यस्ता सकारात्मक र सेवामूलक अभियानलाई सबै क्षेत्रबाट सहयोग र प्रोत्साहन हुनुपर्छ । चेम्बर अफ कमर्सको तर्फबाट पनि हामी यस्ता सामाजिक कार्यमा सधैं साथ र सहयोग रहनेछौं ।” महोत्सव अबधि भर यो अभियान लाई सहयोगहोस भन्ने उदेश्यले लमही चेम्बर अफ कमर्सले २ वटा स्टल नि:शुल्क उपलब्ध गराउदै आएको छ । जय महाकाल युबा समुहले बगारबाबा रिहारको धार्मिक मेलामा पनि हजारौ भक्तजनहरुलाइ नि:शुल्क खाना र बस्नको बेबस्था गरेको थियो ।
