
Ses
Pes
Srbpu
Sgr
Rgp
cjs
Pbu
Ggp
Lnp
pku
Rgp1
Unsku
Gfs
Djs

Asm
Bbbpu
Rgu
Hal
Gst
Ggd
Pvg
Bbu
Wsp
Ssm
Rsb
Sls
nsb
Sbs
Tsm
Vor
Rgs
Ksm
Rgu

Abd
Ptm
Rpp
Mks
Jmb
Pls
sab
Jmb
Gsb
bbt
Rmb
Bml
Syp
दाङ । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशमा तीन सिटका लागि आठ जना बिच प्रतिष्पर्धा हुँदैछ ।
जसमा नेपाली कांग्रेसबाट दुई जना, नेकपा एमालेबाट एक जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार रहेका छन् । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेको तालमेल गर्ने सहमति अनुसार अन्य कोटामा नेपाली कांग्रेसबाट गुल्मी निवासी चन्द्रबहादुर केसी,अपाङ्ग/अल्पसङ्ख्यक कोटामा दाङ निवासी बासुदेव घिमिरे र महिला कोटामा गुल्मीकै एमाले नेता रामकुमारी झाँक्री उम्मेदवार रहेका छन् ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट अन्य कोटामा नवलपरासी पश्चिम निवासी वृहस्पति अधिकारी, महिला कोटामा पाल्पा निवासी दुर्गाकुमारी भण्डारी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा बाँके निवासी सर्जन विक, राष्ट्रिय जनमोर्चाबाट अन्य कोटामा प्युठान निवासी बोमबहादुर खत्री र महिला कोटामा प्युठानकै पद्मा पण्डित उम्मेदवार रहेका छन् ।
त्यस्तै निर्वाचनका लागि घोराही उपमहानगरपालिका –१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान केन्द्र निर्माण,कर्मचारी व्यवस्थापन,सुरक्षा व्यवस्थासँगै मतगणनाका लागि हलको व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मतदानका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए ।
उनका अनुसार मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ । मुख्य निर्वाचन अधिकृत पण्डितका अनुसार मतगणनाका लागि कर्मचारी मिलन केन्द्रको हलमा व्यवस्था गरिएको छ । ‘राष्ट्रिय सभा निर्वाचनका लागि मतदान र मतगणनाका लागि कर्मचारी मिलन केन्द्रमा व्यवस्था गरेका छौँ’,मुख्य निर्वाचन अधिकृत पण्डितले भने,‘मतदान सकिएको करिब दुई घण्टाभित्र मतगणनाको काम पनि सक्नेगरि तयारी गरेका छौँ ।’
निर्वाचनका लागि मतदान केन्द्र (क) मा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा राना र मतदान केन्द्र (ख) मा जिल्ला अदालत दाङका श्रेस्तेदार भूपाल भण्डारीलाई मतदान अधिकृत तोकिएको छ । निर्वाचनका लागि एउटा मतदान केन्द्रमा १० जनाका दरले दुईवटा मतदान केन्द्रमा २० जना कर्मचारी खटाइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिए । लुम्बिनी प्रदेशमा तीन सदस्य पदका लागि निर्वाचन हुन लागेको छ । जस अन्तर्गत लुम्बिनी प्रदेशमा एक अन्य (खुल्ला), एक अपाङ्ग/अल्पसङ्ख्यक र एक महिला पदमा निर्वाचन हुन लागेको हो ।
लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८३ जना र प्रदेशका १२ जिल्लामा रहेका एक सय नौ स्थानीय तहका प्रमुख तथा उपप्रमुख दुई सय १६ जना गरी कुल तीन सय जना मतदाता छन् । प्रदेश सभामा ८७ जना सदस्य रहेकोमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न चार जनाले राजीनामा दिएपछि मतदाताको सङ्ख्या घटेको छ । लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तह गरी आठ हजार पाँच सय तीन मतभार रहेको छ ।
यस्तै विगतमा प्रदेश सभा सदस्यको मतभार ४८ रहेकोमा अहिले वृद्धि गरेर ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी लुम्बिनीमा दुई सय एक जना मतदाता रहे पनि लुम्बिनी सांस्कृतिक नगरपालिका नगर प्रमुख मृत्यु भएको र नेपालगन्ज उपमहानगरपालिका उपप्रमुखले राजीनामा दिएपछि दुई मतदाता घटेका छन् । गोरक्ष दैनिकबाट
