
Pbu
Rgp
Lnp
Ggp
Unsku
pku
Sgr
Rgp1
Pes
cjs
Gfs
Djs
Ses
Srbpu

Ggd
Tsm
Bbbpu
Sbs
Bbu
Asm
Rgs
Vor
Ksm
Ssm
Rgu
Rsb
Rgu
Gst
Sls
nsb
Pvg
Wsp
Hal

Rmb
Jmb
Pls
Rpp
bbt
Abd
Gsb
Syp
Bml
Jmb
Mks
sab
Ptm
दाङ । देउखुरीको लमही नगरपालिका भित्र रहेका टोल विकास संस्थाको काम, कर्तव्य र अधिकारका विषयमा स्पष्टता ल्याउने उद्देश्यसहित टोल विकास समितिहरुसँग अन्तरक्रिया कार्यक्रम शनिबार आज सम्पन्न भएको छ ।
कार्यक्रममा लमही नगरपालिकाको आर्थिक ऐन २०८२ मा गरिएको संशोधन,टोलको सरसफाइ व्यवस्थापन तथा टोल विकास संस्थाको लेखापरीक्षण र नवीकरणसम्बन्धी विषयमा व्यापक छलफल गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न टोल विकास समितिका पदाधिकारीहरुले आफ्ना टोलमा देखिएका समस्या,प्रशासनिक जटिलता,आर्थिक पारदर्शिता,सरसफाइ व्यवस्थापन र संस्थागत नवीकरण प्रक्रियासम्बन्धी गुनासाहरु प्रस्तुत गरेका थिए ।
उक्त गुनासाहरुको जवाफ दिंदै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले टोल विकास संस्था स्थानीय शासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै नगरपालिकाले टोलहरुसँग सहकार्य गरेर विकास र सरसफाइका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले आर्थिक ऐन २०८२ मा भएका संशोधित प्रावधानहरु टोलहरुको पारदर्शिता,उत्तरदायित्व र कार्यक्षमता अभिवृद्धि गर्न केन्द्रित रहेको बताए ।
उपप्रमुख लक्ष्मी योगीले टोल विकास संस्थाहरूलाई स्थानीय विकासको मेरुदण्डको रुपमा उल्लेख गर्दै सरसफाइ, सामुदायिक सहभागिता र सामाजिक एकतामा टोलहरूको भूमिका अझ सुदृढ हुनुपर्नेमा जोड दिए । उनले टोलको लेखापरीक्षण र नवीकरणलाई नियमित र व्यवस्थित बनाइ नगरपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आर्थिक अनुशासन,अभिलेख व्यवस्थापन र वार्षिक लेखापरीक्षणको महत्त्वबारे जानकारी दिँदै टोल विकास संस्थाहरुलाई कानुनी र संस्थागत मापदण्डभित्र रहेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले वडास्तरमा टोल विकास संस्थासँग समन्वय गरेर सरसफाइ,विकास र सामाजिक कामलाई अघि बढाइने स्पष्ट पारे ।
अन्तरक्रिया कार्यक्रममा सहभागी टोल विकास समितिका पदाधिकारीहरुले नगरपालिकाबाट प्राप्त जानकारीले आफ्ना कामकाज थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन साथै टोल विकास समितिलाई अधिकार मात्र दिएर नहुने भन्दै कार्यान्वयन पक्षमा गम्भीर ध्यान दिन आग्रह गरेका छन् ।
लमही नगरपालिका -३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा योजना शाखा प्रमुख सुनिता पोख्रेलले टोल विकास समितिका काम कर्तव्यको बारेमा जानकारी गराएका थिए । राजस्व शाखा प्रमुख अम्विका शर्माले राजस्वका बारेमा जानकारी गराउनु भएको थियो भने सहजीकरण विपद शाखा प्रमुख गायत्री थापाले गरेकि थिइन् ।
