
cjs
Rgp
pku
Pes
Gfs
Srbpu
Unsku
Ggp
Sgr
Djs
Lnp
Ses
Rgp1
Pbu

Wsp
Pvg
Ggd
Ssm
Bbbpu
Ksm
Asm
Bbu
Sls
Rgs
Hal
Rgu
Rgu
Tsm
Vor
Gst
Sbs
nsb
Rsb

Jmb
Pls
Abd
sab
Gsb
Jmb
bbt
Syp
Bml
Rpp
Mks
Ptm
Rmb
काठमाडौं । देशका पश्चिमी क्षेत्रको केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुम्ला, जुम्ला, दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा हिमपात भएको हो । गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुशी भएका छन् ।
त्यस्तै हिमपात भएसँगै नाम्खा गाउँपालिका र त्यहाँबाट हिल्सा जाने बाटो पूर्णरूपमा बन्द भएको छ । जुम्लामा पनि हिमपात भएको छ । हिउँद लागेपछि विगतमा पुसमै पानी परेर हिउँ पर्ने गर्थ्यो तर यस पटक ढिला हिमपात भयो ।
यस्तै हिउँदेबाली सुक्न थालेका बेला हिमपातले राहत पुगेको कनकासुन्दरी गाउँपालिका–२ का किसान रतन रावतले बताए। अर्का किसान गोपाल रोकायाले किसानका लागि यो हिउँ चाँदी सरह नै रहेको बताएका छन् । जुम्लाको न्यूनतम तापक्रम माईनसमा छ । हिमपातले जनजीवन भने सामान्य प्रभावित भएको छ ।
त्यस्तै बैतडीको उच्च क्षेत्र खोड्पे,श्रीभावर, सतबाँझ लगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । हिमपात भइरहे पनि सडकमा समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताए । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्र तथा डडेल्धुराको सदरमुकामका साथै हगुल्टे, साहुखर्क,भातकाँडा क्षेत्रमा हिमपात भएको छ । वर्षा र हिमपातले विशेषगरी हिउँदेबाली गहुँमा फाइदा पुग्ने भएको छ । चिसो केही बढेकाले जोगिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
