
Pes
Rgp
Djs
cjs
Lnp
Gfs
Rgp1
Srbpu
pku
Ses
Ggp
Pbu
Sgr
Unsku

Ggd
Sls
Rgu
Pvg
Rgu
Sbs
Ssm
Rsb
Rgs
Asm
Gst
Wsp
Vor
Bbu
nsb
Bbbpu
Tsm
Hal
Ksm

Abd
bbt
Gsb
Jmb
sab
Jmb
Rmb
Bml
Ptm
Syp
Mks
Pls
Rpp
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र पालिकामा रिक्त पदमा पनि चुनावगर्ने भएको छ । आगामी फागुन २१ प्रतिनिधि सभा निर्वाचन सम्पन्न लगत्तै रिक्त पदहरुमा पनि चुनाव गर्ने तयारी गरेको जनाएको छ ।
त्यस्तै कतिपय प्रदेशसभा सदस्य र पालिकाका मेयर तथा उपमेयर र अध्यक्ष तथा उपाध्यक्षले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिएपछि पद रिक्त भएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रिक्त रहेका स्थानमा सरकारसँग आवश्यक परामर्श गरी ६ महिनाभित्र चुनाव गरिसक्ने जानकारी दिए ।
निर्वाचित भएर कार्यसम्पादन गरिरहेको पदबाट राजीनामा दिइसकेपछि ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने वैधानिक व्यवस्था हो । उनले आउँदो प्रतिनिधिसभा सदस्य चुनावलाई सम्पन्न गर्न सहयोग गर्न सरोकारवाला सबैमा आग्रह पनि गरेका छन् ।
