
Lks
ksb
Ggp
Dus
Rgp
Sgp
Ggp
lnp
Jns
Rgp
Asb
Rgp
Lnp
Rgp
Usb

lms

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र पालिकामा रिक्त पदमा पनि चुनावगर्ने भएको छ । आगामी फागुन २१ प्रतिनिधि सभा निर्वाचन सम्पन्न लगत्तै रिक्त पदहरुमा पनि चुनाव गर्ने तयारी गरेको जनाएको छ ।
त्यस्तै कतिपय प्रदेशसभा सदस्य र पालिकाका मेयर तथा उपमेयर र अध्यक्ष तथा उपाध्यक्षले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिएपछि पद रिक्त भएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रिक्त रहेका स्थानमा सरकारसँग आवश्यक परामर्श गरी ६ महिनाभित्र चुनाव गरिसक्ने जानकारी दिए ।
निर्वाचित भएर कार्यसम्पादन गरिरहेको पदबाट राजीनामा दिइसकेपछि ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने वैधानिक व्यवस्था हो । उनले आउँदो प्रतिनिधिसभा सदस्य चुनावलाई सम्पन्न गर्न सहयोग गर्न सरोकारवाला सबैमा आग्रह पनि गरेका छन् ।
