
Ggp
cjs
Djs
Rgp1
Srbpu
Lnp
Unsku
Ses
Gfs
Pbu
pku
Sgr
Pes
Rgp

Bbbpu
Bbu
Wsp
Vor
Gst
Sls
Ksm
Rsb
Hal
Sbs
Rgu
Rgs
Pvg
Tsm
nsb
Rgu
Ggd
Asm
Ssm

bbt
Gsb
Mks
Jmb
Bml
Syp
Abd
Pls
sab
Rmb
Jmb
Ptm
Rpp
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहकारी संस्थाहरु उपभोगमुखी गतिविधिभन्दा उत्पादनमूलक कार्यमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
मंगलबार राप्ती गाउँपालिका–५ सिसनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्थाको २०औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले सहकारीका सदस्यहरूलाई कृषि,पशुपालन,तरकारीखेती तथा अन्य उत्पादनशील क्षेत्रमा सक्रिय हुन आग्रह गर्नुभयो। सहकारीमार्फत यस्ता क्षेत्रमा लगानी विस्तार गर्न सके स्थानीय अर्थतन्त्र मजबुत बन्ने उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष विष्टले हरियाली बचत तथा ऋण सहकारी संस्थालाई देउखुरी क्षेत्रकै अब्बल सहकारी संस्थामध्ये एक भएको उल्लेख गरे । उनले संस्थाले पारदर्शिता,अनुशासन र सदस्य मुखी सेवा प्रवाहमा उदाहरणीय काम गर्दै आएको बताए । साथै उनले केही सहकारी संस्थाहरुमा देखिने आर्थिक अनियमितताप्रति चिन्ता व्यक्त गर्दै शेयर सदस्यहरू सचेत र चनाखो हुनुपर्नेमा जोड दिए । सहकारीको वास्तविक मालिक सदस्य स्वयं भएकाले संस्थाको गतिविधि,आर्थिक कारोबार तथा निर्णय प्रक्रियामा सक्रिय निगरानी आवश्यक रहेको उनको भनाइ थियो ।
त्यसैगरी लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले सहकारीको दिगो विकासका लागि सुशासन, प्रविधि र उत्पादनमूलक लगानी अपरिहार्य रहेको बताए । उनले सहकारीलाई विश्वासयोग्य र उत्तरदायी संस्थाका रूपमा विकास गर्न सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
संस्थाका अध्यक्ष रेशम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शिवध्वज मल्ल,सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका व्यवस्थापक उमेश चौधरीले संस्थाको आर्थिक तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । सो अवसरमा संस्थाले एक दर्जनभन्दा बढी उत्कृष्ट ऋणी,उत्कृष्ट बाल बचतकर्ता,ज्येष्ठ सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ।
त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले निलसागर सेवा आश्रम दाङलाई ११ हजार रुपैयाँ बराबरको ग्यास,चुलो तथा प्रेसर कुकरलगायत सामग्री सहयोग गरेको थियो । साथै नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए । यस्तै संस्थाका उपाध्यक्ष निम बहादुर रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव राधा पाण्डेले गरेका थिए ।
