
cjs
Rgp
Sgr
Ggp
Rgp1
Gfs
pku
Srbpu
Ses
Pes
Lnp
Unsku
Pbu
Djs

Gst
Ssm
Pvg
Sls
Sbs
Bbbpu
Wsp
Ksm
Asm
Rgs
Hal
Rgu
Vor
Rgu
Bbu
Rsb
Tsm
Ggd
nsb

Rmb
Syp
Jmb
Ptm
bbt
Rpp
sab
Bml
Pls
Mks
Gsb
Jmb
Abd
काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न दलहरुलाई चेतावनी दिएका छन् ।
सञ्चारकर्मीहरुसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु नगर्न सचेत गराए । आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी पनि उनले दिए । निष्ठापूर्वक आचार संहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न उनले आग्रह गरे ।
यस्तै ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रुपमा कानुनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ,’ भण्डारीले भने । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे ।
त्यस्तै ‘आचारसंहिताले निषेध गरेका कामहरू प्रयोग नगरीकन निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न जानुभयो भने सबै सरोकारवाला लगायत मतदाताहरूको र त्यसलाई टड्कारो रुपमा हेरिरहनुभएका विदेशमा रहेका, नेपालको निर्वाचनप्रति चासो र सरोकार राख्ने व्यक्तिहरूको बीचमा पनि अब हुने निर्वाचन, स्वच्छ, स्वतन्त्र,निष्पक्ष,भयमुक्त वातावरणमा निर्वाचन हुँदैछ,’उनले भने,‘यो निर्वाचनमा कुनै शंका, उपशंका गर्नुपर्दैन ।’
