Sidha Patra सोमबार, माघ ०५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दै छन् ।

त्यस्तै ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री रहेका ओलीलाई स्थानहद लगाइएको थियो । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँबुझ समितिको सिफारिसमा उनीमाथि स्थान तोकिएको थियो ।

त्यस्तै समितिले उनीसँग बयान लिएसँगै उनीविरुद्धको स्थानहद पनि फुकुवाइ भइसकेको छ । स्थानहद भएसँगै उनी सार्वजनिक कार्यक्रमका लागि बाह्य जिल्ला जान थालेका छन् । उनी जेनजी आन्दोलनपछि पहिलोपटक आफ्नो गृह जिल्ला झापा पुगेका हुन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]