
Amb
Bksbus5
gms
Gsbus
dsbus
Csbus
Ratbs
Rbs
Syees
Gsl
Ddhbs
syysr
Ssbus
Jsbus
Pbu
Nssbus7

Pvg
nsb
Sls
Wsp
Rgu
Rgs
Ggd
Rgu
Rsb
Tsm
Gst
Asm
Hal
Vor
Sbs
Ksm
Bbu
Ssm
Bbbpu

Mks
Bml
Rpp
Syp
Gsb
Abd
Pls
Ptm
Jmb
sab
bbt
Rmb
Jmb
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दै छन् ।
त्यस्तै ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री रहेका ओलीलाई स्थानहद लगाइएको थियो । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँबुझ समितिको सिफारिसमा उनीमाथि स्थान तोकिएको थियो ।
त्यस्तै समितिले उनीसँग बयान लिएसँगै उनीविरुद्धको स्थानहद पनि फुकुवाइ भइसकेको छ । स्थानहद भएसँगै उनी सार्वजनिक कार्यक्रमका लागि बाह्य जिल्ला जान थालेका छन् । उनी जेनजी आन्दोलनपछि पहिलोपटक आफ्नो गृह जिल्ला झापा पुगेका हुन् ।अनलाइनखबर
