
cjs
Gfs
Pes
Unsku
Lnp
Ggp
Rgp
Ses
Djs
pku
Pbu
Rgp1
Srbpu
Sgr

Vor
Rsb
Pvg
Rgs
Hal
Ggd
Gst
Tsm
Asm
Ssm
Bbu
nsb
Rgu
Wsp
Bbbpu
Ksm
Sls
Rgu
Sbs

Syp
Jmb
Rmb
Abd
Pls
sab
Gsb
Bml
bbt
Rpp
Jmb
Ptm
Mks
दाङ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठलाई आइतबार भेटघाट गरेका छन् ।
भेटका क्रममा नगर प्रमुख चौधरीले लमही नगरपालिकाभित्र रहेका राप्ती नदीका घाटहरुमा चुरे संरक्षणका कारण ठेक्का प्रक्रिया ढिला भएको उल्लेख गर्दै नदीजन्य पदार्थको ठेक्का समयमै आह्वान गर्न आवश्यक पहल गरिदिन आग्रह गरेकाछन् ।
भेटघाट पछि प्रजिअ अर्यालले देउखुरी डिभिजन वन कार्यालयका प्रमुखसंग कानूनत: मिल्ने काम अगाडी बढाउन आफुले निर्देशन दिएको जानकारी दिए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी अर्याल र एसपी श्रेष्ठले लमहीमा आगामी माघ ७ गतेदेखि सञ्चालन हुन लागेको महोत्सवसँग सम्बन्धित विवादबारे चासो व्यक्त गर्नुभएको छ ।
उनिहरुले महोत्सवसम्बन्धी विषयलाई सबै पक्षसँग समन्वय गरी कानुनी तथा वैधानिक तरिकाले समाधान गर्दै अघि बढ्न नगर प्रमुख चौधरीलाई सुझाव समेत दिएका छन् ।
