
Srbpu
Lnp
Rgp
Gfs
Ses
Pes
Rgp1
cjs
Unsku
Djs
Sgr
Ggp
pku
Pbu

Bbbpu
Sbs
Pvg
Wsp
Bbu
Ksm
Vor
Rgu
Ggd
Rgs
Rgu
Rsb
Ssm
Asm
Tsm
Gst
Hal
nsb
Sls

Jmb
Jmb
Abd
Rmb
sab
Syp
Gsb
Bml
bbt
Mks
Rpp
Ptm
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी देउखरमा माघी विशेष थारु भुरा खेल कार्यक्रम शनिबार शिव मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।
कोठरी गाउँ सुधार मूल समितिका अध्यक्ष सोमप्रसाद चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यता एवम् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि थारुले थारुहरुको संस्कार र संस्कृतिलाई जगेर्ना गर्नका लागि सम्पूर्ण थारुहरुले आआफ्नो स्थानबाट निरन्तर लाग्न जरुरी रहेको बताएका छन् ।
आफ्ना पुर्खाहरुले मान्दै आएको विशेष चाडपर्व, संस्कार,संस्कृति र परम्पराहरु आफ्नो सन्ततिलाई हस्तान्तरण गर्न सकिए मात्र भावी सन्ततिहरुले यसलाई जिवित राख्न सक्ने कार्यक्रमका प्रमुख अतिथि थारुको धारणा रहेको थियो । उनले थारुहरुको हकहितका लागि आफू सधै लागि परेको र आगामी दिनमा पनि निरन्तर लागि रहने प्रतिबद्धता समेत जनाएका छन् ।
थारु भाषा संस्कृति बचाई थारु तिहार माघी मनाई भन्ने मूल नाराका संचालन भएको कार्यक्रममा विशिष्ट अतिथि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,२ नम्बर वडा अध्यक्ष भक्तु चौधरी,२ नम्बर वडा सदस्य ओमप्रकाश चौधरी,निवर्तमान गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कुल २५० घर धुरी भएको कोठरी गाउँलाई संचालन गर्नका लागि ४ ग्रुपमा विभाजित गरिएको छ ।कार्यक्रममा सो ग्रुपका सचिवहरुले आफ्नो ग्रुपको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सन्देश मुलक डोरी तान्ने खेल,थारु नृत्य र भलिबल खेलहरु खेलाई माघी विशेष कार्यक्रम मनाइएको थियो ।
दुई नम्बर ग्रुपका सदस्य गंगा चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा २ नम्बर वडा भित्रका खेलाडीहरुलाई सहयोग र प्रोत्साहन गर्ने मेडिकल संचालक तथा फुटबल प्रशिक्षक चेतराम चौधरी लगायत समितिलाई विभिन्न कार्यबाट सहयोग गर्ने ट्याक्टर व्यवसायीहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको संचालन ४ नम्बर ग्रुपका सदस्य भगवती चौधरीले गरेका थिए ।
