
Rgp1
cjs
pku
Gfs
Ses
Pbu
Ggp
Srbpu
Djs
Unsku
Pes
Sgr
Lnp
Rgp

Tsm
Asm
Rgu
Wsp
Rgs
Pvg
Sbs
Gst
Bbbpu
Ssm
Ggd
Rsb
Bbu
Sls
Ksm
Rgu
Hal
Vor
nsb

Mks
Bml
bbt
Ptm
Jmb
Jmb
Abd
Rpp
Pls
Gsb
sab
Rmb
Syp
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरुलाई आग्रह गर्दैछ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका ८५ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । नाम फिर्ता लिएका सम्बन्धित दललाई अर्को नाम पठाउन निर्वाचन आयोगले पत्राचार गर्दैछ । निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलहरूले खाली भएको ठाउँमा आजदेखि आगामी माघ २ गतेसम्म अर्को नाम पठाउन सक्नेछन् ।
त्यस्तै निर्वाचन आयोगले नयाँ आएका नाम समेत समावेश गरेर माघ ४ गते बन्दसूचीको नामावली प्रकाशित गर्नेछ । प्रकाशित नामउपर दाबी विरोधका लागि माघ ५ गते देखि माघ १० गतेसम्मको समय रहनेछ । दाबी विरोधको उजुरीमाथि माघ ११ देखि माघ १७ गतेसम्म निर्वाचन आयोगले अध्ययन गर्नेछ । उक्त सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते निर्वाचन आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका छ ।
यस्तै माघ २० माघमा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ । २७५ सदस्यीय प्रतिनिधि सभाका लागि समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । १६५ जना प्रत्यक्ष चुनाव जितेर आउँछन् । प्रत्यक्ष तर्फको मनोनयन दर्ता भने आगामी माघ ६ गते हुनेछ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ मा हुँदैछ ।
