
Ggp
Dus
ksb
Lks
Asb
Sgp
Rgp
Lnp
Rgp
Ggp
Usb
Rgp
Jns
Rgp
lnp

lms

मोरङ । जबरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारमा थुनामा रहेका एक बन्दी फरार भएको झण्डै चार महिनापछि पक्राउ परेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ३ निवासी ३२ वर्षीय नागेन्द्र कुमार पाललाई मोरङ प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको हो । पाल गएको २०८२ भदौ २५ गते जेनजी आन्दोलनको समयमा कारागारबाट भागेका थिए ।
यस्तै कारागारबाट फरार भएदेखि नै प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो । यसै क्रममा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले पुस २७ गते राति करिब पौने १० बजे उनलाई विराटनगर महानगरपालिका वडा नम्बर -२ स्थित बन्जराचोकबाट फेला पारेको हो ।
त्यस्तै पक्राउ परेका पाललाई आवश्यक कानुनी कारबाहीका लागि मोरङ जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रातोपाटी
