
Djs
Ses
Sgr
Lnp
cjs
Pbu
Ggp
Rgp
Unsku
Pes
Gfs
pku
Rgp1
Srbpu

Gst
Ksm
Tsm
Asm
Rgu
Bbbpu
Ssm
Sbs
Sls
Rsb
Bbu
Pvg
Wsp
Hal
nsb
Ggd
Rgu
Vor
Rgs

Pls
Rpp
Jmb
Jmb
Bml
bbt
Mks
Ptm
Abd
Gsb
Syp
Rmb
sab
काठमाडौं । आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले प्रशिक्षक प्रशिक्षणका लागि यहीँ पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ ।
सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन,विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तै तालिम सञ्चालन गर्न आयोगका पदाधिकारी र सम्बन्धित कर्मचारीले कार्यविभाजन गरी खटिइसकेका छन् । तालिमले मुख्य प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको र ती प्रशिक्षकले थप तालिम सञ्चालन गर्ने आयोगको योजना रहेको छ ।
यस्तै प्रशिक्षण प्राप्त गरेपछि निर्वाचन अधिकृतले आगामी माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्नेछन् । आयोगले न्यायपरिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना न्यायसेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत पदमा नियुक्ति दिइसकेको छ ।
